हिजो कार्यक्रम सञ्चालक हुँदा अन्यलाई ‘पिर्के सलामी’ भन्दै उडाउने रवि लामिछाने गृहमन्त्री बनेपछि आफैँ पिर्के सलामी लिएपछि अहिले सामाजिक सञ्जालमा पक्ष/विपक्षमा चर्को बहस चलिरहेको छ।
उपप्रधान तथा गृहमन्त्रीको रूपमा सरकारी क्वाटरमा सर्दा सलामी लिँदा उनी पिर्कामाथि चढेका थिएनन्। उनी निकटहरूले त्यही तस्बिरलाई परिवर्तनको रूपमा प्रचारमा ल्याए। तर शनिवार सशस्त्र प्रहरीको कार्यक्रममा उनै रवि पिर्कामाथि चढेर सलामी लिएपछि उनी आलोचकको केन्द्रमा परेका छन्।
यही मेसोमा साहित्यमा समेत रुचि राख्ने अभिनेत्री सुरक्षा पन्तले कविता नै लेखिन् ‘पिर्का’ शीर्षकमा र सामाजिक सञ्जाल फेसबुकमा राखिन्। अहिले पिर्कासँगै अभिनेत्री पन्तको कविता पनि चर्चामा छ। चर्चामा जोडिने कारणचाँही उही गृहमन्त्री लामिछानेको ‘पिर्के सलामी’ नै हो। उनको कवितामाथि पक्ष अनि विपक्षमा तर्क-वितर्क जारी छ।
रामबाबु नेपालले लेखेका छन् :‘उ यो देशको बहालवाला गृहमन्त्री हो। हिजो बाहिर थियो, अहिले तपाई भएको जस्तै भावुक हुन्थ्यो कविता लेख्थ्यो, आगो ओकल्थ्यो। अहिले पदमा छ। त्यसै गरी आगो ओकल्न मिल्दैन। विधि मान्नुपर्छ।
विधिमा पिर्का भएसी पिर्कै चढ्नी हो। यसमा अन्यथा केही भएको छैन। फेरी हिजो त नाकको डाँडी भाँच्छु भन्थ्यो त भन्नु होला। अरे यार भनेँ त उ हिजो रवि लामिछाने मात्र थियो अहिले बहालवाल गृहमन्त्री हो।’
रश्मिला प्रजापतिले लेखेकी छिन् : ‘पहिला यही मान्छे टेलिभिजनबाटै निस्केला जस्तो गरी अरू नेता कहाँ, कसरी पिर्के सलामी लिए भनी कराउँथ्यो अब उही पिर्के सलामी लिँदै। परिवर्तन रेन्त यो।’
दिनेश जिसीले लेखेका छन् : ‘या त त्यो पिर्का होइन। या त पिर्का हो भने माथि उभिने मान्छे उ होइन। सायद अब हाम्रा हेर्ने नजर कमजोर हुँदै गएको हुनु पर्छ।’





















Discussion about this post