प्रियंकाले आफूलाई अन्तरराष्ट्रिय भूत त भनिन्, तर उनलाई भूत अवतारमा दर्शकले पत्याएनन्, किन होला ?

नायिका प्रियंका कार्कीले आफूलाई ‘अन्तरराष्ट्रिय भूत’ भनिन् । अर्थात, उनले भूतको भूमिकामा एकपछि अर्को फिल्ममा काम गरिरहेकी छिन् । उनले, केही बर्ष पहिले भूतकै भूमिकामा काम गरेको फिल्म थियो ‘माला’ ।

यो फिल्मले समीक्षागत रुपमा राम्रो प्रतिक्रिया पाएको थियो । तर, बक्स अफिसमा फिल्मले पानी भन्न पाएन । अर्थात, त्यो समयमा पनि प्रियंकालाई दर्शकले भूत बनेको पत्याएनन् ।

उनै, प्रियंकाको नयाँ फिल्म ‘चि मुसी चि’ शुक्रबारदेखि हलमा लागेको थियो । फिल्मको प्रचारका लागि प्रियंका खुलेरै लागेकी थिइन् । तर, यो फिल्ममा पनि दर्शकले उनलाई पत्याएनन् ।

यो फिल्मको तीन दिने व्यापार हेर्ने हो भने कमजोर छ । समीक्षागत रुपमा राम्रै प्रतिक्रिया पाएको फिल्म हेर्न हलसम्म जाने चेष्टा निक्कै कम दर्शकले गरेका छन् ।

प्रियंकाले आफूलाई ‘अन्तरराष्ट्रिय भूत’ भनेपनि उनलाई दर्शकले पनि यो अवतारमा रुचाएका छैनन् । आमा बनेपछि फिल्म क्षेत्रमा व्यस्त बनिरहेकी प्रियंकाको यो बर्ष ‘लक्क जवान’ नामक फिल्म पनि चलेन । उनको अब आशा फागुण ५ गतेबाट रिलिज हुन लागेको फिल्म ‘फूलबारी’माथि अडिएको छ ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित