सचिनको अप्रेशनको अन्तिम तयारी यस्तो छ, अप्रेसन अगाडि हिड्दै गीत गाउँदा सबै दङ्ग (भिडियो सहित)

जे जस्तो भयपनी सचिन जस्तै सामाजिक संजालबाटै चर्चामा आयर अहिले पनि पढाई संगै गायन यात्रालाई निरन्तर दिईरहेका केहि बाल प्रतिभा कमला घिमीरे, रबिना बसेल, आयुषा गौतम लगायत अन्य बाल कलाकारको भने जिबन सैली निकैनै परीबर्तन हुदै आयको छ।

यसमा परिवारको गार्जेनले कसरी उसप्रति ख्याल राखेको छ सोहिमा भर पर्ने कुरा समेत हो। तर सचिनको पछिल्लो अवस्थाले गर्दा बाल प्रतिभाको मस्तिस्कमा के कस्ता असर गर्ने हुन् भनेर पनि धेरैले बुझ्न जरुरी छ।

बाल गायक सचिन परियार आइसियुमा थिए यतिबेला सबैको सहयोगले हिड्न सक्ने भएका छन् ।युट्यूवबाट भाइरल भएका बालक सचिन परियारको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । अचानक हात गोडा चल्न छाडेपछि उनलाई टिचिङ अस्पतालको पीआइसीयूमा राखेर उपचार भइरहेको थियो ।

स्वास्थयमा सुधार भएसंगै उनलाई अहिले पीआइसीयू बाट जनरल वार्डमा सारिएको थियो आज फेरी उनको MRI गरिएको छ । चिकित्सकका अनुसार उनको रगतमा सोडियमको मात्रा उच्च देखिएको थियो ।

अस्पताल भर्ना हुँदा उनलाई सास फेर्न कठिनाइ भएको थियो भने राम्ररी बोल्न र हातखुट्टा चलाउन सकेका थिएनन् । परीक्षणको सबै रिपोर्ट आउन बाँकी छ । सचिनलाई सानै देखि पिशाब चुहिने समस्या समेत रहेको थियो ।

लामो समयदेखि अस्पतालमा थलिएका सचिन परियारको स्वास्थ्य अबस्थामा अहिले भने केही सुधार हुँदै गएको छ । सचिन परियार अहिले हिड्न सक्ने, सामान्य बोल्न सक्ने र गीत समेत गाउन सक्ने भएका छन ।

उनको टाउकोमा पानी जमेको छ र भित्री रोग भने छँदैछ र भोलि उनको अप्रेसन हुँदैछ । अप्रेसनको लागि चाहिने डाक्टरले भनेबमोजिम सम्पुर्ण औषधि र स्रोतसाधन किनिसकेको सचिनका बाबुले बताए ।

टाउकाको अप्रेसन जस्तो जटिल बिषय एकदमै चिन्ता लागेको सचिनका बाबुले बताए । सचिनको अप्रेसनको बिषयमा सोचेर आफुलाई सार्‍है तनाबमा रहेको तेजेन्द्रले बताए । सचिन परियारले एउटा गीत पनि गाएर सुनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित