बिहे गर्ने केटा नपाएपछि ६०० केटीहरुले सामूहिक रुपमा केटा पाउँ भन्दै गुहार मागे

उमेर ढल्किँदै जाँदा बिहे गर्ने एउटा पनि केटा नपाएपछि सहर भरिका केटीहरुले सामूहिक रुपमा केटा पाउँ भन्दै गुहार मागेका छन् । यो ब्राजिलको घटना हो ।

ब्राजिलको नोइभा डो कोर्डेरियो सहरमा एक जना पनि अविवाहित पुरुष छैनन् । तर, ६ सय जना अविवाहित महिला छन् । ती मध्ये अधिकांस ३५ वर्ष मुनिका तरुनी छन् ।

महिलाले नै भरिएको त्यो सहरमा महिलाकै बोलवाला छ । तर, भएर के गर्नु ? पुरुष नपाएर अविवाहित महिला छटपटाउन थालेका छन् । उनीहरुले हालै एक सामूहिक अपिल गरेका छन् अविवाहित केटाहरुलाई आफुसँग सम्बन्ध गाँस्न अनुरोध गर्दै ।

ब्राजिलको यो सहर मात्र होइन रुसमा पनि हालत यस्तै छ । केटाहरुको संख्या निकै कम छ केटीहरुको भन्दा जसका कारण महिलाहरुले जस्तो पाएपनि केटा खोजेर बिहे गर्नैपर्ने अवस्थामा छन् ।

अस्ट्रेलियामा पनि पुरुषहरुको खडेरी नै पर्न लागेको त्यहाँको एक अनलाइनले जनाएको छ । भिक्टोरियामा १ सय जना महिलामा केवल ९८ जना मात्र पुरुष छन् । यो त्यतिसारो लैंगिक असन्तुलन त होइन तर यसले पनि दशौँ हजार पुरुषको कमी देखाउँछ । अर्थात् पुरुष भन्दा ६० हजार बढि महिला छन् भिक्टोरियामा ।

यता चीनमा भने महिलाको खडेरी छ र एकल पुरुषहरुको संख्या बढिरहेको छ । भनिन्छ, भविष्यमा चीनका २५ प्रतिशत पुरुष कि त अविवाहित बस्नुपर्छ कि त जस्तो पाएपनि केटी खोजेर बिहे गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित