गायिका समीक्षा अधिकारीको जीवनमा संयोग यस्तो भयो, उनले चलचित्र ‘नाइँ नभन्नु ल–५’का लागि ‘फेरि कहाँ आउँछ र घुमेर यो बालापनको उमेर’ बोलको गीत गाउन पाइन् ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको एक मध्यमवर्गीय कृषक परिवारमा जन्मेकी समीक्षाको बालापन बिहानीका किरणले चम्केको माछापुच्छ्रेजस्तै लालीमय र सुनौलो थियो ।
जन्मजात प्रतिभा हो, उनको मधुर स्वर । उनी सानैदेखि गीत गाउँथिन् । स्कुलबाट फर्केपछि उनी आफ्नो कोठामा गएर गाउन थाल्थिन्, रेडियो र टिभीबाट बज्ने अधिकांश नेपाली गीत उनलाई कण्ठै हुन्थ्यो ।
गाउनु उनका लागि प्राकृतिक नियमजस्तै थियो । जसरी खोला–नदीका मूल फुट्छन् र आफ्नै लयमा बग्छन्, त्यसरी नै उनको स्वर उनीभित्रै दबेर बस्न मान्दैनथ्यो, त्यो निस्कन खोज्थ्यो, आफ्नै लय र तालमा ।
‘कहिलेकाहीँ गाउँदागाउँदै आधारात हुन्थ्यो । गीत गाउन थाले भनेँ मैले समय बितेको पत्तै पाउँदिनथेँ,’ आइतबारको भेटमा कफीको चुस्कीसँगै उनले आफ्नो केही वर्षअघिको दैनिकी सम्झिइन्, ‘आफ्नो आवाज आफैँलाई मन पथ्र्यो । गीत गाउँदा अर्कै संसारमा पुग्थेँजस्तो लाग्थ्यो ।’
उनले कक्षा ८ मा पढ्दै थिइन्, फिल्म ‘छक्कापञ्जा’को टिम उनको स्कुलमा पुगेको थियो । मिठो गीत गाउने गायिकाको रूपमा स्कुलमा उनलाई नचिन्ने कोही थिएन ।
फिल्म ‘छक्कापञ्जा’को टिमले पनि उनको स्वर सुन्यो, यही सम्पर्कसूत्र हुँदै उनले फिल्ममा गाउने अवसर पाएकी थिइन् । यसपछिको केही समय उनले फाट्टफुट्ट मात्रै गीत रेकर्ड गरिन् । यद्यपि उनलाई पहिलो गीत (बालापनको उमेर)ले नै चर्चाको शिखरमा पुर्यायो । पुरा लेख पढ्न रातोपाटीमा जानुहोला!





















Discussion about this post