जाजरकोटकि भाइरल सुष्मा मगरले खेलिन पहिलो म्युजिक भिडियो, टंक तिमिल्सिनाले दिए यस्तो अवसर ( भिडियो सहित )

सामाजिक संजाल त्यसमा पनि टिकटकले धेरै मान्छेलाई आफ्नो कला प्रस्फुटन गर्ने माध्यम बनिदिएको छ । कतिले आफ्नो अभिनय, नृत्य, गायन लगायतका कुरा प्रस्तुत गरी निकै चर्चा कमाएको हामीले देखिसकेका छौ ।

त्यस्तै पछिल्लो समय टिकटकमा एकदमै भाईरल नाम हो सुश्मा मगर । गीत बज्यो कि नाचुम नाचुम लग्छ भन्ने उनी स्टेजमा कम्मर कसेर नाँचेको भिडियो यतिबेला सामाजिक संजाल टिकटकमा एकदमै भाईरल बनेको छ ।

जाजरकोट निवासी यिनै सुश्मा घर्ती मगर टंक तिमल्सिनाको स्टेजमा कम्मर मर्काइ मर्काई नाँचेको हेर्दा कसलाई पो मन नपर्ला र ।स्टेजमा नाँचेर हजारौं दर्शकलाई मनोरञ्जन दिने उनी मिडियामै भक्कानो छोडेर रुएकीथिइन ।

हेर्दा हसिली रसिली देखिने उनको मन भने पिडैपिडाले भरिएको रहेछ । ढलेको घरमा बस्दै आएकी उनका बाबुले उनलाई छाडेर अर्कै लिएर हिडेका रहेछन । काम गर्न गएका श्रीमान उते अर्कैसँग बिबाह गरेर सातबर्षदेखि घर नै नफर्किएपछि एक्लि भएकी रहिछिन सुष्माकी आमा ।

एक्लै सङ्घर्ष गरेर हुर्काएकी रहिछिन उनले सुष्मालाई । यसैक्रममा आज भने यिनै भाईरल सुष्माको सपना पूरा भएको छ ।टंक तिमल्सिनाकै स्टेजमै नाचेर भाईरल भएकी उनले

अहिले टंक तिमल्सिनाको गीतको म्युजिक भिडियोमा आफ्नो नृत्य प्रस्तुत गर्ने मौका पाएकीछिन । टंक तिमल्सिनासँगको उनको गीत अहिले सुटिङको क्रममा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित