कस्तो अचम्म ! पत्याउनै नसकिने, मरिसकेको भनिएका एक पुरुष २१ बर्षपछि घर फर्किएपछि यतिबेला श्रीमती तीन छक्क नै परेकी छिन ।
गाउँघरका मान्छेहरु त भुत आयो भन्दै तर्सिए समेत, उक्त पुरुषकि श्रीमती भने श्रीमानको मृ’त्यु भयो भनेर अहिलेसम्म बिधुवा भत्ता खाँदै आईरहेकी रहिछिन ।
आजभन्दा सातबर्षअगाडि उक्त पुरुषको मृ’त्यु भयो काजकिरिया समेत गरिएको रहेछ तर अहिले उनै पुरुष जिबितै घर फर्किएका छन । मरिसक्यो भनेका मान्छे जिबितै फर्किदा परिवारमा रुवाबासी नै चल्यो ।
तत्कालीन माओबादीले आयोजना गरेको १० बर्षे जनयुद्धमा बन्दुक बोकेर सामेल भएका यी बृद्ध बुबा त्यतिबेलाको चरम द्वन्द्व र छिमेकीहरुको यातना सहन नसकेर देश छोडेर गएका रहेछन ।
परिवारलाई खबरै नगरी देश छोडेर गएका बुबाको निरन्तर खोजी गरियो तर कहिँकतैबाट पनि उनी जिबित भएको खबर नआएपछि उनि हराएको सातबर्षपछी उनको काजकिरिया गरियो ।
उनकी श्रीमतीले भने अहिले मृत्यु दर्ता गरेर बृद्ध भत्ता खाँदै आईरहेकीछिन । रोल्पा जिल्लाको त्रीबेणी गाउँपालिका वडा नम्बर २ रामपुरमा घटेको यो घटना त्यहाँका स्थानीयले सपना जस्तै सोचिरहेका छन ।





















Discussion about this post