प्रदेशी भाईको रोदन: यो पापीले अपाङ्ग दिदीलाई पनि छोडेन विपन्न परिवारको भएर कसैले सहयाेग गरेन!

मेरो दिदी अपांग हुनुहुन्छ । तर पनि पापिले मेरो दिदिलाई छोडेन, मेरो घर सुखिपुर नगरपालिका वडा नम्बर 3 कुसहा लक्ष्मीनिया हो म विपन्न वर्ग परिवार बाट भएको कारणले गर्दा म लाई र मेरो परिवार लाई कसैले सहयोग गरेको छैन ।

त्यसै कारण ले म हजुरहरु संग सहयोगको अपेक्षा राखी यो पोस्ट गर्न गैरहेको छु । मेरो दिदी ललिता कुमारी मंडल अपांग हुनुहुन्छ । म आफ्नो जीवन यापन चलाउन वैदेशिक रोजगार को सिलसिलामा कतार आएको छु । त्दिदी आमा बुवा घरमै काम गरि जीवन यापन गर्दै हुनुहुन्छ ।

यसै क्रममा मेरो दिदी बाख्रा चराउन जादा मेरै गाउँको कोसिलाल यादवको छोरा चन्दन यादवले जवर्ज’स्ती क’रणी गरेको हुनाले हामी सारै अन्यायमा पुगेका छौ । मेरो दिदी राम्रोसँग बोल्न सक्दैन, हिड्न सक्दैन त्यसैको फाइदा उठाई बारम्बार जवर्जस्ती करणी गरि

मेरो दिदिको पेटमा बच्चा बोकाई अहिले उल्टै चन्दन यादवको परिवारले मेरो ममिलाई गाली बेजती र कु’टपिट गरिरहेको छ । किन भने हामी पी’डित विपन्न वर्ग का परेको हुनाले कोहि कसैले चासो राख्दैन । दिन प्रतिदिन मेरो दिदिको समस्या जटिल हुन पुगदैछ ।

तर केटा घरबाट फरार भै अनेकौं प्रकारका चाल चल्दै छ । दिन प्रतिदिन मेरो आमाले थाना जादा हेरिरहेको छ, पतारी थानामा हासको मासु, रक्सी लिएर विपक्षी र विपक्षीका चम्चा हरु ओहर दोहर गरिएको छ ।

यता चन्दन यादव को बुवा उल्टै थर्काउदैछ छ कि तिमीहरू जस्ता धानुकले केही गर्न सक्दैनौ म अदालत लाई किनिहाल्छु, प्र’हरीलाई किनि हाल्छु सरकारी वकिललाई किनिहाल्छु त्यति हिमत छ म मा तर तिमिहरुलाई छोडदिन ना-ना थरिका गाली दिईरहेको छ ।

के यो हाम्रो देशमा न्याय छैन हामिहरु निमुखालाई कसैले न्यायको लागि सहयोग गर्दैन, म र मेरो परिवार हजुरहरु संग अनुरोध गर्द्छु कि कृपया हामिलाई न्याय दिलाउनु सहयोग गर्नुस ! साथ साथै चन्दन यादव लाई जहा देख्नु हुन्छ त्यही नै समाती जन गर्नु जिल्ला प्रहरी लाई जानकारी गराइदिनु हुन अनुरोध छ ।ज्वाला संग्रौलाको फेसबुक वाल बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित