सौन्दर्यप्रति सचेत महिलाहरु काखीको रौं हटाउने गर्छन् । यसका लागि कतिले ब्लेडको प्रयोग गर्छन् भने कतिले हेयर रिमुभर क्रिमको । काखीको रौं हटाउने के कस्ता विधि छन् ? प्रचलित विधिमध्ये कुन बढी प्रभावकारी हुन्छ ? काखीको छाला कालो भएमा के गर्ने ?
काखीको रौं सफा गर्दा सबैभन्दा राम्रो विधि भनेको वाक्सिङ नै हो । वाक्सिङ गरेपछि लामो अवधिसम्म रौं पलाउँदैन । छाला पनि मुलायम नै रहन्छ ।
वाक्सिङले रौंलाई लामो समयसम्म पलाउन नदिने मात्र होइन, नयाँ आउने रौं पनि पातलो बनाउँछ । यसको कारण के हो भने वाक्सिङ गर्दा रौंको जरा नै उखेलिन्छ ।
कतिपयको छाला एकदमै संवेदनशील हुन्छ । त्यस्ता छाला भएकाहरुको लागि सबैभन्दा राम्रो विकल्प भनेकै वाक्सिङ हो । वाक्सिङले एक्सफोलिएटर जस्तै काम गर्छ । घामले डढेको छालालाई हटाउने, मृत छाला कोषिकालाई हटाएर छालालाई चिल्लो अनि मुलायम बनाउने काम गर्छ ।
वाक्सिङको लागि केमिकल नभएको भ्याक्स प्रयोग गर्दा राम्रो हुन्छ । बजारमा इटालियन रिकावक्स स्किनको लागि निकै सुरक्षित मानिन्छ । यो वाक्स प्रयोग गर्दा अन्यभन्दा दुखाइ कम हुन्छ । यसले सानोदेखि ठूलो रौंलाई एकैपटक निकाल्ने गर्छ ।
घरमै वाक्स: घरमै पनि वाक्स गर्न सकिन्छ । तर त्यसको तरिका भने जान्नुपर्छ । कुन ठाउँमा कसरी लगाउने भन्ने कुरा जान्नुपर्छ । गलत तरिकाले प्रयोग गर्दा छालालाई असर गर्न सक्छ ।
हामी रिटा भ्याक्स प्रयोग गर्दा प्रि–भ्याक्स जेल लगाउने गर्छौं । त्यसले नन स्टिकी गराउँछ । हल्का भ्याक्सलाई तातो बनाएर छालाको मध्यम तापक्रममा राखेर लगाउँछौं ।
केही समय राखेपछि चिपको मद्दतले निकाल्छौं । राम्रोसँग निकालेपछि भ्याक्समै तेल आएको हुन्छ, त्यो लगाउनुपर्ने हुन्छ । अन्य भ्याक्स पनि यसरी नै लगाउने हो ।
वाक्स गर्दा अरुको सहयोग लिन सकिन्छ । तर ब्राजिलियन वाक्स आफैंले लगाउन सकिन्छ । यसका लागि एकपटक वाक्सको क्रिम लगाउने । केही मिनेटमा त्यो सुख्खा हुन्छ । अनि हातले रौं निकाल्नुपर्छ ।





















Discussion about this post