माघे संक्रान्तिको दिन राशि अनुसार गर्नुहोस् यी चीजको दान, जीवन नै हुनेछ सुखमय !

मकर संक्रान्ति पर्व सूर्यदेवको पूजा आराधनाको लागि विशेष छ। हिन्दु धर्ममा यस दिनको विशेष महत्व रहेको छ। यस दिन उत्तरायण हुनेबित्तिकै सूर्य मकर राशिमा प्रवेश गर्छन्। यस दिन अन्नदान गर्दा पुण्य मिल्छ भन्ने विश्वास रहेको छ । साथै यस दिन खिचडी र सखर-तिल दान गर्दा पनि लाभ हुन्छ। यसका साथै यस दिन राशि अनुसार विशेष वस्तुको दान गर्नाले विशेष लाभ मिल्छ। जान्नुहोस मकर संक्रान्तिमा राशि अनुसार कुन-कुन वस्तुको दान गर्नुपर्छ।

मेष राशि : यस राशिका व्यक्तिहरूले मकर संक्रान्तिको शुभ अवधिमा तामाका भाँडा, सखर, तिल वा दही दान गर्नुपर्छ।

वृष राशि : वृष राशिका मानिसको लागि मकर संक्रान्तिको शुभ समयमा चाँदीको वस्तु वा तिलबाट बनेको चीज दान गर्नु शुभ रहनेछ।

मिथुन राशि : मकर संक्रान्तिको शुभ अवधिमा स्नान गरेपछि सखर र पहेंलो वस्तु दान गर्नु शुभ रहनेछ।

कर्कट राशि : मकर संक्रान्तिमा कर्कट राशिका मानिसलाई सेतो तिल दान गर्दा लाभ मिल्नेछ।

सिंह राशि :मकर संक्रान्तिको दिन सिंह राशिका व्यक्तिहरूले गहुँ र सखर दान गर्नुपर्छ।

कन्या राशि : मकर संक्रान्तिको अवसरमा कन्या राशिका व्यक्तिहरू तिल र हरियो मुग दान गर्दा भाग्यशाली साबित हुनेछ।

तुला राशि : मकर संक्रान्तिमा सात प्रकारका अन्न दान गर्नु यस राशिका व्यक्तिका लागि निकै शुभ साबित हुन्छ। यसबाहेक सखर पनि दान गर्न सकिन्छ।

वृश्चिक राशि : वृश्चिक राशिका व्यक्तिहरूले मकर संक्रान्तिमा रातो रंगको कपडा दान गर्नुपर्छ। दही दान गर्नु पनि शुभ हुन्छ।

धनु राशि : मकर संक्रान्तिमा यस राशिका व्यक्तिले पहेँलो वस्त्र दान गर्नु शुभ हुन्छ। यसबाहेक गरिबलाई खिचडी दान गर्दा पनि फाइदा हुन्छ।

मकर राशि : मकर संक्रान्तिमा मकर राशिका व्यक्तिहरूले कालो तिल र कालो कम्बल दान गर्नु शुभ रहनेछ।

कुम्भ राशि : मकर संक्रान्तिमा यस राशिका व्यक्तिले गाईको शुद्ध घ्यू दान गर्नुपर्छ। यसका साथै खिचडी दान गर्नु पनि शुभ सिद्ध हुनेछ।

मीन राशि : मकर संक्रान्तिको दिन मीन राशिका व्यक्तिहरूले चनाको दाल र तिल दान गर्नु शुभ हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित