बल्ल हुने भयो सविन र अनुको धुमधाम बिहे, खोले माया देखी झगडासम्म सबै कुरा (भिडियो सहित)

अभिनेत्री अनु शाह र अभिनेता सविन श्रेष्ठ अहिले प्रेम सम्बन्धमा छन्। एक अनलाइनका लागि फोटोसुट गर्ने क्रममा भेट भएपछि अभिनेता सविन श्रेष्ठलाई अभिनेत्री अनु शाह निक्कै मन पर्यो ।

सविनले अनुसँग मित्रता त गाँसे तर प्रेम सम्बन्ध जोड्ने भने समय लाग्यो सविनले मन पराउँदा अनुले खासै मतलब गरिनन् त्यो समय यी दुबै फिल्म क्षेत्रमा चम्किरहेका थिए

पछि अनुले सविनलाई माया गर्न थालिन् तर, अनुले माया गर्दा सविन फेरि तर्कन थाले यसरी नै यी दुइको प्रेममा उतारचढाव केही बर्ष आयो कुनै समय अनु र सविनले एक अर्कासँग प्रेम रहेको पनि खुलाएनन् तर, विगत केही बर्षदेखि भने यो जोडीले प्रेमलाई बलियो बनाउँदै लगेको छ ।

प्रेममा एक अर्कासँग लुकामारी खेल्न छाडेर सविन र अनु अब अर्को बर्ष बिहेको तयारीमा छन् । हुनत, केही बर्ष अगाडि नै यी दुइले अदालतमा बिहे गरेको भन्ने खबर सार्वजनिक भएको थियो तर, दुबैले यो कुरा आजसम्म स्विकार गरेका छैनन् ।

सविन र अनुले बिहे गर्ने तयारी मात्र गरेका छैनन्, सामाजिक काममा पनि आफूलाई सक्रिय बनाएका छन् । उनीहरुले भ्लग समेत युटुयुमा बनाउँदै आएका छन् ।

विगत केही समयदेखि यी दुई युट्युबबाट बढी हिट छन् । सविन र अनुले काठमाडौका विभिन्न सार्वजनिक शौचालयमा प्याड राख्ने काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित