माइकल ज्याक्सनको पूर्वपत्नि गायिका लिसा मारिया प्रेस्लेको मृ’त्यु

अमेरिकी गायिका लिसा मारिया प्रेस्लेको मृ त्यु भएको छ। ५४ वर्षिया लिसाको बिहीबार मृ त्यु भएको हो।

हृदयाघात भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा उनको निधन भएको बिबिसीले उल्लेख गरेको छ।

उनको परिवारिक श्रोतअनुसार उनी क्यालिफोर्नियाको कालाबाससस्थित आफ्नो घरमा अचेत अवस्थामा भेटिएकी थिइन्।

उनी चर्चित अमेरिकी अभिनेता, गायक तथा संगीतकार एल्भिस प्रेस्लेकी छोरी हुन्। आमाबुवाको सम्बन्धविच्छेदपछि उनी आफ्नी आमासँग क्यालिफोर्नियामा बस्थिन्।

केही समयपछि उनले आफ्नो बुवालाई भेटेकी थिइन्। उनको बुवाको सन् १९७७ मा मृ त्यु भएको थियो। त्यतिबेला उनी ९ वर्षको थिइन्।

लिसाले चार पटक विवाह गरेकी छन्। उनले सन् १९९४ मा संगीतकार डेनी केफसँग विवाह गरेकी थिइन्। डेनीसँग सम्बन्धविच्छेद गरेको २० दिनपछि उनले पप-स्टार माइकल ज्याक्सनसँग विवाह गरेकी थिइन्।

विवाह गरेको दुई वर्षपछि उनले माइकलसँग सम्बन्धविच्छेद गरिन्। २००२ मा अभिनेता निकोलस केगसँग विवाह गरेकी थिइन्। विवाहको दुई वर्षपछि उनीहरूको सम्बन्धविच्छेद भएको थियो।

सन् २००६ मा लिसाले गिटारिस्ट माइकल लकवुडसँग विवाह गरेकी थिइन्। उनले माइकलसँग २०१६ मा सम्बन्धविच्छेद गरेकी थिइन्। उनले सो लभ्ली, ओभर मी, इडियट, लाइट आउट, नोबडी नोटिस्ड इट लगायत गीतमा आवाज दिएकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित