कठ्याङग्रिदो जाडो र शीतलहरमा त्रिपाल मुनि बास, भिख मागेर दुई छोरा पढाउने महान आमा !

,कठ्याङग्रिदो शीतलहरमा सामान्य त्रिपाल, थोत्रा बोरा र कपडामुनि आफ्ना चार छोराछोरीसहित ४० वर्षकी बबिता कापरी बस्छिन्।

६ वर्षअघि श्रीमानको मृत्यु भएपछि बबिता आफ्ना ४ छोराछोरीलाई मागेर पाल्दै आएकी छिन्।चन्द्रपुर नगरपालिका-५ मा पर्ने बागमती सिँचाइ आयोजनाको नहरको डिलमा त्रिपालको छाप्रो बनाएर उनको परिवार बस्दै आएका छन्।

उनीसँग नहरको डिलको चिसो हावा, छेक्ने गतिलो त्रिपाल छैन। १६ वर्षअघि सर्लाहीको झिमखोलामा आएको बाढीले जग्गा जमिन बगाएपछि श्रीमान मग्राती कापडी र छिमेकीको साथ लागेर चन्द्रनिगाहपुर आएको बताउछिन्।

४० वर्षीया बबिताकी कमाएर खुवाउने १६ वर्षकी छोरी बोल्न नसक्ने छिन्। १४ वर्षका छोरा खेसारीलाल सुस्त मनस्थितीका छन्। आठ वर्षका छोरा भविचन स्थानीय विद्यालयमा कक्षा १ मा पढ्छन्।

कान्छो छोरा अमिताव शिशु कक्षामा विद्यालय पढ्न जान्छन्। मागेर, दुःख गरेर भएपनि आफ्ना दुई छोरालाई पढाउने इच्छा बबिताको छ तर घरको स्थिति अत्यन्तै नाजुक रहेको छ।

श्रीमानले दैनिक ज्याला मजदुरी गरेर ल्याएको पैसाले परिवार चलाउँदै आएकी बबिताको श्रीमानको मृ’त्युपछि उनले मागेर छोराछोरी पाल्न बाध्य भइन्। काम गर्न, मजदुरीका लागि शरीर कमजोर भएकाले छोराछोरी पाल्नका लागि आफू बाध्य भएर माग्न हिँड्नु परेको बबिताको दुखेसो छ।

‘चिसोमा बालबच्चा कहाँ राख्ने समस्या भएको छ पुरानो त्रिपालमा शीत चुहिन्छ’, उनले भनिन्। चिसोका कारण माग्न जान समेत नसकेको र छोराछोरीलाई पेटभरी खुवाउन समस्या भएको उनले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित