भोलि सोमबार नभुली अवश्य गर्नुहोस् यस्ता उपाय, शिवको कृपाले पुरा हुनेछ हरेक मनोकामना !

धार्मिक मान्यता अनुसार सोमबार भगवान भोलेनाथलाई प्रसन्न पार्नको लागि विशेष दिन मानिन्छ। आजको दिन भगवान शिवको पूजा–आराधना गर्नाले सबै मनोकामना पूरा हुन्छ। भगवान शिवको पूजामा सफलता मिल्ने कामना गर्दा सबै काममा सफलता मिल्ने मान्यता रहेको छ।

ज्योतिष शास्त्रमा भगवान शिवलाई प्रसन्न पार्ने केही उपायहरू बताइएको छ,यी उपायको पालना गर्नाले सोमबारको दिन महादेवको कृपा प्राप्त हुने मान्यता रहेको छ। यदि कसैको कुण्डलीमा शनिदोषा छ र जीवनमा सङ्कटको आइरहेको छ भने सोमबार शिवलिंगमा कालो तिल चढाउनुहोस्। यसो गर्नाले शनिदेवबाट हुने कष्टबाट मुक्ति मिल्छ र काममा सफलता मिल्न थाल्छ।

यदि विवाहमा बाधा आइरहेको छ भने हरेक सोमबार शिव मन्दिरमा जानुहोस् र शिवलिंगमा काँचो गाईको दूध चढाउनुहोस्। साथै सुद्ध पानीले अभिषेक गर्नुहोस्। मन मनमा ‘ॐ नमः शिवाय’ मन्त्रको जप गर्नुहोस् र विवाहको लागि भगवान शिवलाई प्रार्थना गर्नुहोस्। वैवाहिक जीवनमा आउने बाधाहरू हट्नेछन्। जसको वैवाहिक जीवनमा समस्या छ, उनीहरुले सोमबार शिव मन्दिरमा गएर रुद्राक्ष दान गर्नुपर्छ। यसो गर्नाले दाम्पत्य जीवनका सबै समस्याहरू हटेर सुख मिल्छ। सोमबार शिवलिंगको जलाभिषेक गर्नुहोस्। यसपछि कम्तीमा ११ बेलपत्र लिनुहोस्।

‘ॐ नमः शिवाय’ जप गर्दै सेतो चन्दनको टीका लगाएर बेलपत्र शिवलिंगमा चढाउनुपर्छ । पछि हात जोडेर भोलेनाथलाई आफ्नो इच्छा बताउनुहोस् र पूरा होस् भनी प्रार्थना गर्नुहोस्। छिट्टै तपाईको मनोकामना पूरा हुनेछ। सोमबार बिहानै स्नान गरी भगवान शिवको दर्शन गरी धूप बाली शिव चालिसा वा शिवाष्टकको पाठ गर्नुहोस्। यसो गर्नाले भगवान शिव छिट्टै प्रसन्न हुने र आफ्ना भक्तजनको सबै समस्या हटाउने मान्यता रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित