चार सदाचारी, ति कर्मयोगी

एक अबोध बालक, जसले सायदै सोचेका थिए ‘मेरो आँखाको दृष्टि फर्कनेछ र यो जुनीमा सप्तरंगी संसार देख्न पाउनेछु ।’ जसै उनलाई यो अनपेक्षित नतिजा प्राप्त हुन्छ उनले पहिलो पटक के देख्न चाहन्छ ?

त्यही देवतातुल्य डाक्टर, जसले उनलाई सोच्दा पनि नसोचेको खुसी फर्काइदिए । आँखा खोल्दा उनले देख्छन्, एक बटुलो र निर्दोस अनुहार । खस्रो तर दिव्य आभाले फक्रिएको । अनायसै उनको हात त्यो अनुहार सुम्मसुम्याउन हतारिन्छ ।

तिनको टाउको, अनुहार, चस्मा अनि आँखा । सबै एक एक स्पर्श गरेपछि बालकको गदगद् हृदयले भन्दो हो, ‘तिमी पनि साधरण रहेछौं, म जस्तै । तर, कति असाधरण काम गरिरहेछौं ।’

डा. सन्दुक रुइतसँगको यो दृश्यांश हेरेपछि जसको पनि मन भक्कानिन्छ, थोरै करुणाले र धेरै हार्दिकताले । १३ बर्षे रोशन थिङले मोतियाविन्दुको कारण दृष्टि गुमाएका थिए । हेटौंडाको सामुदायिक आँखा अस्पतालमा डा. सन्दुक रुइतले उनको आँखाको शल्यक्रिया गरिदिएका थिए, निशुल्क ।

शल्यक्रियापछि पहिलो पटक आँखाको पट्टी खोल्दा रोशन कति खुसी थिए ? भिडियोमा देख्न सकिन्छ । डा. रुइतले एक साक्षतकारमा सुनाएका छन्, ‘यस्तो एग्रेसिभ रियाक्सन धेरै देखेको छैन, धेरै सुन्दर रियाक्सन ।’

पहिलो पटक संसार देख्दा मान्छेको अनुहारमा जुन खुसीको लहर छरिन्छ, डा. रुइत हरेक दिन त्यस्तै खुसी बटुल्न आतुर हुन्छन् । दिनमै पचासौं जनाको खुसीमा आफुलाई समाहित गरिदिन्छन् । र, त्यसबाट प्राप्त हुने अपुरणिय आनन्दमा मग्न हुन्छन् ।

ओशो भन्छन्, ‘सुख र दुःख दुबै अस्थायी हुन् । स्थायी भनेको आनन्द हो, जुन हामी आफै भित्रबाट प्रकट हुन्छ ।’ अतः यस्तो आनन्दको मूल स्रोत हो, सत्कर्म ।

केही यस्ता पात्र, जो सत्कर्मबाट जीवनको सार्थकता पहिल्याउँछन् । जस्तो कि, कुलमान घिसिङ । जस्तो कि, महावीर पुन । जस्तो कि, गोविन्द केसी । जस्तो कि, सन्दुक रुइत । यी यस्ता चार पात्र हुन्, जसले मुलुकमा आशा, उमंग र उत्साहलाई निभ्न दिएका छैनन् ।

मुलुकमा धूर्त, लोभी, भ्रष्ट, असुरहरुको जत्था मात्र छैन, केही त कर्मयोगी र सदाचारी पनि छन् जसले कर्म र निष्ठाको आलोकमा उभिएर मुलुकमा आशा, उत्साह, उमंग बाँढिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित