आजबाट ३ राशिको भाग्य चम्किँदै, जान्नुहोस् कुन-कुन राशि ?

वैदिक ज्योतिषशास्त्रका अनुसार कुनै पनि ग्रहले आफ्नो राशि परिवर्तन गर्दा त्यसको प्रत्यक्ष प्रभाव मानव जीवन देखिने गर्दछ। पर्सि अर्थात् जनवरी १७ मा शनिदेव आफ्नो मूल त्रिभुज राशि कुम्भमा प्रवेश गर्न लागेका छन्।

जसको प्रभाव सबै राशिका मानिसहरुमा देखिनेछ। तर ३ राशिहरु छन् जसका लागि यस समयमा लाभ र प्रगतिको सम्भावना रहेको छ। जान्नुहोस् कुन-कुन राशि?

वृष राशि: वृष राशिका लागि शनिको राशि परिवर्तन शुभ रहनेछ। वृष राशिको स्वामी ग्रह शुक्र हो। शुक्र र शनिको बिचमा मित्रताको भावना छ।

वृष राशिको दसौँ घरमा शनि गोचर हुनेछ। शनिको गोचरले सुख प्राप्ति हुनेछ। कार्यस्थलमा उच्च पद प्राप्त गर्न सकिनेछ। यात्राको अवसर मिल्नेछ। जग्गा, घर वा सवारी साधन खरिद गर्न सकिनेछ।

तुला राशि: शनि तुला राशिको पाँचौँ घरमा गोचर गर्नेछ। तुला राशिको चौथो र पाँचौँ घरको स्वामी शनिलाई मानिन्छ। शनिको परिवर्तनले प्रगति क्षेत्रमा आएको बाधाहरू हट्नेछन्। प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्नेहरूले शुभ समाचार पाउनेछन्। व्यापारीहरूले राम्रो नाफा कमाउनेछन्। व्यापार व्यवसायले गति लिन सक्छ।

धनु राशि धनु राशिको कुण्डलीको दोस्रो र तेस्रो घरको स्वामी शनि देव हुन्। यस राशिको तेस्रो घरमा शनिको राजयोग बन्नेछ। शनि गोचरको प्रभावले काममा आएको बाधा हट्नेछ । शनिको कृपाले आकस्मिक धन लाभ हुनेछ। मान सम्मानमा वृद्धि हुनेछ। कठिन कार्यहरू पूरा गर्न सक्षम हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित