कहिल्यै भुलेर पनि घरबाट नहटाउनुहोस् यी ४ चिज, हुनेछ लक्ष्मी माताको विशेष कृपा !

धार्मिक मान्यता अनुसार माता लक्ष्मीलाई धनकी देवी मानिन्छ। भनिन्छ, जुन घरमा लक्ष्मीको वास हुन्छ, त्यो परिवारलाई जीवनमा कहिल्यै धन र अन्नको अभाव हुँदैन।

यही कारण माता लक्ष्मीलाई प्रसन्न गर्ने प्रयासमा सबैजना लाग्ने गर्दछन्। यस पोस्ट मार्फत यस्ता ४ चिजको बारेमा बताउँदैछौँ, जसलाई घरमा राख्दा घरमा माता लक्ष्मीलाई वास हुन्छ। जान्नुहोस् ती ४ कुरा के-के हुन्।

धार्मिक मान्यता अनुसार माता लक्ष्मीलाई कमलको फूल अति प्रिय हुन्छ। माता लक्ष्मी कमलको फूलमा बस्छिन्। शुक्रबारको दिन माता लक्ष्मीको चरणमा कमलको फूल चढाएमा उनको आशीर्वाद सम्पूर्ण परिवारमा पर्छ।

यसका साथै घरमा सुख-समृद्धिको प्रवाह पनि बढ्छ। कुचोले घरको फोहोर हटाउँछ र सफा राख्ने काम गर्छ। कुचोलाई माता लक्ष्मीको प्रतीक मानिन्छ। जुन घरमा कुचो हुन्छ तय घरमा माता लक्ष्मीको वास हुन्छ।

तर, ध्यान दिनुहोस् कि राती कहिल्यै कुचो नलगाउनुहोस् र यसलाई फोहोर ठाउँमा नराख्नुहोस्। तुलसीलाई सनातन धर्ममा सबैभन्दा पवित्र वनस्पतिको स्थान दिइएको छ।

यस बिरुवामा माता लक्ष्मीको बास गर्ने विश्वास गरिन्छ। त्यसैले यदि तपाई आफ्नो घरमा माता लक्ष्मीले बास गरुन् भन्ने चाहनुहुन्छ भने आजै तुलसीको बिरुवा रोप्नुहोस्। दिनहुँ बेलुका दियो बालेर तुलसीको पूजा गर्नुहोस्।

मान्यताका अनुसार समुद्र मन्थन हुँदा माता लक्ष्मी र शंखको जन्म भएको थियो। यस सन्दर्भमा शंखलाई देवी लक्ष्मीको भाइ मानिन्छ। भनिन्छ शंख रहेको घरबाट माता लक्ष्मी टाढा जान सक्दिनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित