कानुन भन्छ–कोही बन्न पाउँदैन विपक्षी नेता

अहिले एउटा प्रश्न जबरजस्त खडा भएको छ, ‘विपक्षी दलको नेता को ?’ कानुनी रूपमा भने यसका लागि कोही पनि योग्य देखिँदैनन्।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ को दफा २ खण्ड (ङ) ले विपक्षी दलको नेता को भनेर स्पष्ट व्यवस्था गरेको छ।

उपखण्ड (१) मा लेखिएको छ, ‘मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दलबाहेक प्रतिनिधिसभा वा राष्ट्रियसभामा १० प्रतिशत वा सोभन्दा बढी सदस्यहरू भएको दलहरूमध्ये सबैभन्दा बढी सदस्य भएको दल।’

यस हिसाबले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि कांग्रेसले यो हैसियत गुमाइसकेको छ। सरकारको विपक्षमा मत दिएका नेमकिपा र राष्ट्रिय जनमोर्चालाई पनि कानुनले अयोग्य भन्छ। किनभने, यी दुई दलसँग विपक्षी नेता बन्न संसद्मा पुग्दो सदस्य छैन।

अब संसद्मा विपक्षी नेता नै नरहने जटिल अवस्था बनेको छ। जबकि संविधानले धेरै ठाउँमा विपक्षी नेताको भूमिका अपेक्षा गरेको छ। संविधानको धारा २८४ को व्यवस्थाअनुसार संवैधानिक परिषद्मा प्रतिनिधिसभाको विपक्षी दलको नेता सदस्य हुन्छन्।

परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारी नियुक्तका लागि सिफारिस गर्छ। विपक्षी नेता नहुँदा परिषद्को कामकारबाही नै प्रभावित हुने अवस्था देखिन्छ।

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित