जन्मकुण्डलीमा शक्तिशाली सूर्यदेवले बनाउनेछ व्यक्तिलाई मालामाल, भाग्य चम्काउन अपनाउनुहोस् यी उपाय

ज्योतिष शास्त्रमा सूर्यदेवलाई ग्रहको राजा भनिन्छ। यदि कुण्डलीमा सूर्यको स्थिति राम्रो छ भने व्यक्तिले सरकारी जागिर पाउनेछन्। साथै पिता तथा अधिकारीसँगको सम्बन्ध पनि राम्रो रहनेछ।

त्यस्तै यदि सूर्यको स्थिति कुण्डलीमा अशुभ छ भने व्यक्तिको पिता र अधिकारीसँगको सम्बन्ध खराब रहन्छ। साथै बोससँग तपाईको कुरा मिल्दैन्। साथै उनीहरुलाई हृदय र आँखासम्बन्धी रोग लाग्न सक्छ।

त्यसैले कुण्डलीमा सूर्यदेव शुभ हुनु अत्यन्तै जरुरी हुन्छ। ज्योतिषमा सूर्य ग्रहलाई सकारात्मक पार्नको लागि केही उपाय वर्णन गरिएको छ। जुन उपाय अपनाउँदा व्यक्तिको भाग्य चम्काउँछ।

पिपलको रुखमुनि दियो बाल्नुहोस्: यदि सूर्यदेवको आशिर्वाद चाहनुहुन्छ भने आइतबार सूर्यास्त भएपछि पिपलको रुखमुनि चारमुखी दियो बाल्नुहोस् । यसो गर्नाले धनसम्पत्ति बढ्ने विश्वास छ ।

यी चीजहरू दान गर्नुहोस्: आइतबारको दिन तामा र गहुँ कुनै खाँचोमा परेका वा गरिबलाई दान गर्नुपर्छ। यसो गर्नाले सूर्यको दोषबाट छुटकारा पाउन सकिन्छ। यसका साथै आर्थिक समस्याबाट मुक्ति पाउन सकिन्छ ।

सूर्य देवतालाई जल अर्पण गर्नुहोस्: सूर्यदेवलाई दिनहुँ जल चढाउनुपर्छ। तामाको भाँडोमा बेसार हालेर सूर्यदेवलाई जल चढाउनुपर्छ । यसो गर्दा सूर्यको कृपा प्राप्त हुन्छ।

आइतबारको दिन यी चिज नखानुहोस्: ज्योतिषशास्त्रका अनुसार यदि कुण्डलीमा सूर्य कमजोर छ भने आइतबारको दिन तेल र नुन खानुहुँदैन। किनकी नुन खाँदा सूर्य भगवान क्रोधित हुन्छन् । त्यस्तै पिताको सम्मान गर्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित