भुलेर पनि घरमा नराख्नुहोस् लक्ष्मी माताको यस्तो मूर्ति वा तस्बीर, नत्र जीवन नै हुनसक्छ बर्बाद !

हिन्दु धर्ममा माता लक्ष्मीलाई मुख्य देवीको दर्जा दिइएको छ। जुन व्यक्तिले नियमित रुपमा लक्ष्मीको पूजा गर्ने गर्छ, उक्त मानिसको जीवनमा सधैं माता लक्ष्मीको विशेष कृपा रहिरहन्छ।

हिन्दु धर्ममा माता लक्ष्मीलाई धनकी देवीका रूपमा पुज्ने गरिन्छ, जसको कारण पनि उनको पूजा-आराधनाले जीवनमा धनको हरेक समस्याबाट छुटकारा प्राप्त हुने विश्वास रहेको छ।

तर वास्तु शास्त्रमा माता लक्ष्मीको तस्बीरको बारेमा लिएर धेरै नियमहरु बताईएको छ जस अनुसार घरमा माता लक्ष्मीको तस्बीर राख्दा केहि कुरामा ध्यान दिन आवश्यक हुन्छ। जानौं यसबारे….

यस्ता छन् माता लक्ष्मीको तस्बीर सम्बन्धित वास्तु नियम: गल्तिले पनि आफ्नो घरमा दक्षिण दिशामा माता लक्ष्मीको तस्बीर वा मूर्ति कहिल्यै नराख्नुहोस्, यसो गर्नाले तपाईंले आफ्नो जीवनमा आर्थिक समस्याको सामना गर्नुपर्ने हुन सक्छ।

आफ्नो घरमा माता लक्ष्मीको यस्तो तस्बीर वा मूर्ति कहिल्यै नराख्नुहोस्, जसमा माता लक्ष्मी उभिएको अवस्थामा हुन्छिन्। यस्तो गर्दा पूजाको पूर्ण लाभ प्राप्त हुँदैन।

घरमा माता लक्ष्मीको तस्बीर वा मूर्ति ल्याए पनि सधैं घरको उत्तर वा उत्तर-पूर्व दिशामा राख्नुहोस्, यसो गर्दा माता लक्ष्मीको आशीर्वाद प्राप्त हुन्छ। घरमा माता लक्ष्मीको तस्बीर वा मूर्ति राख्दा ध्यान दिनुहोस् कि मूर्ति वा तस्बीरमा उल्लु पनि हुनुपर्छ।

माता लक्ष्मीको तस्बीर कहिल्यै पनि भित्ताको छेउमा राख्नु हुँदैन, यसले तपाईंको घरमा वास्तु दोष बढाउँछ। घरमा माता लक्ष्मीको एकभन्दा बढी मूर्ति वा तस्बीर हुनुहुँदैन, यसका कारण तपाईंले जीवनमा धेरै समस्याहरू सामना गर्नुपर्ने हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित