लक्ष्मी नारायण राजयोग बन्दा चम्किन्छ यी ३ राशिको भाग्य, शुक्र र बुधको रहनेछ असीम कृपा !

ज्योतिष शास्त्रलाई मान्ने हो भने हरेक ग्रहले केहि समयको अन्तरालमा राशि परिवर्तन गरिरहन्छन्। यसको प्रभाव हरेक राशिका मानिसमा पर्छ। यसैबीच, नयाँ वर्ष २०२३ को दोस्रो महिना फेब्रुअरी छिट्टै सुरु हुँदैछ।

यस महिनाको सुरुवातमा नै बुध र शुक्र ग्रहको युति बन्ने भएको छ। शुक्र-बुधको यस्तो संयोगका कारण ग्रहचक्रमा लक्ष्मी-नारायण योगको पनि निर्माण हुने भएको छ।

यो राजयोगलाई ज्योतिषमा निकै शुभ मानिन्छ। त्यसैले पनि यसको निर्माण हुँदा राशि चक्रका ३ राशिलाई निकै शुभ प्रभाव पर्नेछ। जान्नुहोस् कुन-कुन हुन् ती ३ राशि…

सिंह राशि: सिंह राशिका मानिसका लागि लक्ष्मी-नारायण राजयोग लाभदायक सिद्ध हुने देखिन्छ। यस समयमा तपाईंको वैवाहिक जीवनमा निकै सुखमय समय बित्नेछ।

कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनुका साथै पदोन्नतीको पनि सम्भावना देखिन्छ। साझेदारी व्यापारमा संलग्न रहेका मानिसले लाभका अनेक बाटो फेला पार्ने छन्।

मिथुन राशि: ग्रहचक्रमा लक्ष्मी-नारायण योग बन्दा मिथुन राशिका मानिसका लागि शुभ दिन सुरु हुनेछ। रोजगार क्षेत्रमा रहेका मानिसका लागि त यो समय सबैभन्दा शुभ रहने सम्भावना उच्च रहेको छ। कार्यक्षेत्रमा तपाईंको जिम्मेवारी बढ्नेछ। लामो समय देखि रोकिएका कार्य अब पुन: सुरु हुनेछन्। धन लाभ मिल्ने उच्च सम्भावना देखिन्छ।

वृश्चिक राशि: तपाईंका लागि यो समय निकै राम्रो रहनेछ। यस अवधिमा तपाईंको भौतिक सुखमा उच्च वृद्धि हुनेछ। यो समयमा वृश्चिक राशिका मानिसले वाहन सुख प्राप्त गर्ने संकेत रहेको छ। तपाईंले माताको सहयोग प्राप्त गर्दा हरेक क्षेत्रमा सफलता हात पार्न सक्नु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित