ग्रहहरुको राजा सूर्य माघ १ गते आइतबार मकर राशिमा प्रवेश गरेको छ। ज्योतिष शास्त्र अनुसार सूर्य र शनिमा शत्रुताको भावना हुन्छ। तर जब सूर्य शनिको घरमा गोचर गर्छ तब त्यसको असर केही राशिका व्यक्तिहरुका लागि चुनौतीपूर्ण हुनेछ।
ज्योतिष शास्त्र अनुसार ग्रहले समय-समयमा राशि परिवर्तन गर्छ। साथै तिनीहरु एक निश्चित समयावधिसम्म त्यस राशिमा रहन्छन्। सूर्य-शनिको प्रभावले यी राशिहरुमा उथलपुथल मच्चिनेछ।
सूर्यदेव यहाँ माघ २९ गतेसम्म रहनेछ। जसको प्रभाव सबै राशिका जातकमा पर्छ। तर ३ राशि यस्ता छन्, जसको सूर्यदेवले भाग्य चम्काउनेछन्। आउनुहोस्, यी राशिका बारेमा जानौँ : –
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – मेष राशिका व्यक्तिका लागि सूर्य ग्रहको गोचर अनुकूल साबित हुन सक्छ। सूर्य देव मेष राशिको कर्म भावमा गोचर गर्नेछ। यस अवधिमा व्यवसाय विस्तारको सम्भावना छ। कार्यक्षेत्रमा पनि तपाईले थुप्रै अवसरहरु प्राप्त गर्नुहुनेछ। बेरोजगारहरूले नयाँ रोजगारीको अवसर प्राप्त गर्न सक्नेछन्।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : – सूर्य देव सिंह राशिको पाँचौं घरमा गोचर हुनेछन्। यो समयमा कामदारहरूले आफ्नो मेहनतको फल पाउनेछन्। कार्यक्षेत्रमा तपाईको प्रभावमा वृद्धि हुनेछ। साथै पारिवारिक जीवन पनि अनुकूल रहनेछ। साथै सूर्य देव तपाईको राशिको स्वामी हो, त्यसैले यो अवधि तपाईको लागि शुभ र फलदायी साबित हुन सक्छ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : – सूर्य देवको राशि परिवर्तनले मीन राशिका मानिसहरुलाई लाभ मिल्नेछ। सूर्य ग्रहको प्रभावले सेयर तथा शेयर बजारसँग सम्बन्धित मीन राशिका व्यक्तिहरूलाई राम्रो लाभ मिल्नेछ। आर्थिक अवस्था क्रमशः सुदृढ हुँदै जानेछ। व्यापारीहरूको आम्दानीमा वृद्धि हुन सक्छ।





















Discussion about this post