संघीय संसद् भवन अगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको जनाएको छ ।
शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए । पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो ।
घटनास्थलबाट तत्कालै कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उनको उपचार गरिएको थियो । मंगलबार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की पनि अस्पताल पुगेकी थिइन् ।
आचार्यले आगो लगाउनु २ घण्टा अघि सामाजिक संजाल फेसबुकमा निकै लामाे स्टाटस लेखेका थिए ।डिप्रेसन पिडित व्यवसायी आचार्यले के कारणले यस्ताे कदम उठाए ? उनले यी सब वृतान्त उक्त स्टाटस मार्फत पाेखेका छन् । उनकाे स्टाटस यस्ताे छ :
म एक आम युवा, आम उद्यमी, आम ब्यवसायी, प्रेम प्रसाद आचार्य सन्तोष (जन्म २०४३ भाद्र १, बतन सुर्योदय (फिक्कल)-११, केराबारी, इलाम, प्रदेश १) रङिन सपनाहरु बुनेर, परिवार, समाज र देश प्रतिको जिम्मेवारि बहन गर्दै अगाडि बढिरहेको थिए। आज छत्तिसौ वसन्त पार गरि सक्दा पनि गरिएका कर्मबाट केही उपलब्धी हासिल गर्न नसकेको तितो सत्यलाइ ओकल्दै मैले यो देशमा पढ्दा, जागिर खादा, ब्यपार गर्दा, बैदेसिक रोजगारमा जादा एबम उद्योग चलाउदा भोग्नु परेका समस्या र ती समस्याहरुबाट पाएको शून्य उपलब्धी आज सरसरती यो सामाजिक सन्जालमा लेख्ने अनुमती चाहान्छु। यो एक आत्मबृतान्त पनि हो र मेरो असफलताको कथा पनि हो।
म विद्यार्थी कालमै रहदा २०६७ मा ब्रेन ट्युमर भएर बुवा बित्नुभयो। बुवा बिरामी हुँदै गरेको अवस्थामा नै मेरो बिबाह भयो र बुवाको मृत्यु पस्चात म काठमाडौमा श्रीमती सगै रहेर विभिन्न प्राइभेट स्कुल एबम ठमेलका ट्राभल एजेन्सिमा काम गरेर गुजारा गर्न थाले । त्यस बेला हाम्री ठुली छोरीको जन्म भैसकेको थियो।
पैतृक सम्पती बाट पाएको इलाम फिक्कल बजारको घरलाइ बेचेर काठमाडौमा नै घर बनाउने प्रयत्न गरियो र त्यै अनुसार भयो। बुढानिलकण्ठमा घर बनाइयो र ठमेलमा ट्राभल एजेन्सी खोली काम गर्न थालियो। राम्रो चल्यो ट्राभल सुरुमा तर बिस्तारै उधारो बजारले गाज्न थाल्यो।
चिनियाँ नागरिक, गोराहरु र काठमाडौकै कलेज हरु हाम्रा ग्राहक भए। चिनियाँ पर्यटकहरुले कहिले कबोल गरेको पैसा नदिने, trekking लादा बिच बाटोमा पुगेपछी यहाँ यति उकालो छ भनेको थिइनस, यहाँ चिनियाँ खाना पाइन्दैन भनेको थिइनस आदि इत्यादी भन्दै निहु खोज्ने अनि पूरा पैसा कहिले नदिने।
चिनियाँ पर्यटक छोडेर +2 का विद्यार्थीलाई आफ्नै जन्म जिल्ला इलाम लान थलियो Darjeeling र Sikkim समेत गरेर। इलाममा Tea Tourism को अवधारणा ल्याउने म र मेरा साथी युवराज गौतम हुन भन्दा फरक नपर्ला। तर काठमाडौका +2 कलेज कहिले पूरा पैसा नदिने। पुरा पढ्न यहाँ क्लिक गर्नुहोस





















Discussion about this post