धार्मिक मान्यताअनुसार माघ शुक्ल पक्षको सप्तमी तिथिलाई सैर सप्तमी वा अचला सप्तमी भनिन्छ। यस दिन सुर्यनारायनलाई प्रसन्न गर्न महिलाले यो व्रत बस्ने प्रचलन भेएको हुँदा यसको नाम सौर सप्तमी भएको हो।
यस पटक शौर सप्तमी आगामी शनिबार २८ जनवरीमा परेको छ। यसअघि शीतला षष्ठीको व्रत गर्ने महिलाले षष्ठीमा दिनमा एकपटक मात्रै भोजन गर्नुपर्छ। यस दिन विधि पूर्व सूर्यदेवको पूजा गर्नुपर्छ।
यस दिन बिहान सबेरै उठेर खोला, पोखरीमा गएर टाउकोमा दीप राखी सूर्यको स्तुति गर्दै सूर्यलाई अर्घ दिनुपर्। अर्घ्य दिँदा सूर्य मन्त्र वा गायत्री मन्त्रको जप गर्नुपर्छ।
नुहाइसकेपछि सूर्यको अष्टभुज मूर्ति बनाएर बिचमा शिव र पार्वतीको स्थापना गरी पूजा गर्ने, पूजापछि ब्राह्मणलाई आफुसंग भएको दान गर्नु पर्दछ। यसपछि सूर्य र शिव-पार्वतीको विसर्जन गरेर घर आएपछि ब्राह्मणलाई भोजन गराएपछि आफूले पनि भोजन गर्न सक्नु हुन्छ।
नुहाइसकेपछि सूर्यको अष्टभुज मूर्ति बनाएर बिचमा शिव र पार्वतीको स्थापना गरी पूजा गर्ने, पूजापछि ब्राह्मणलाई दान दिने व्यवस्था छ। यसपछि सूर्य र शिव-पार्वतीको विसर्जन गरेर घर आएपछि ब्राह्मणले आफैँ भोजन गर्नुपर्छ।
एक पटक महाराज युधिष्ठिरले भगवान् श्रीकृष्णलाई सोध्नुभयो, कलियुगमा स्त्रीले कुन व्रत राख्नाले सैभाग्तावती हुन सक्छे भनी मलाई बताइदिनुहोस्।” यसको जवाफ दिँदै श्रीकृष्णले एउटा कथा सुनाए ।
प्राचीन कालमा इन्दुमती नामकी एक गणिका ऋषि वसिष्ठकहाँ गएर उहाँलाई प्रणाम गरी भनिन्, “हे मुनिराज, मैले आजसम्म कुनै धार्मिक कार्य गरेकी छैन। भनिदिनुहोस् की मेरो मुक्ति कसरी सम्भव हुन्छ।
यी महिलाको प्रार्थना सुनेर वशिष्ठ मुनिले भने, “नारीहरूलाई स्वतन्त्रता, सौभाग्य र सौन्दर्य दिने अचला सप्तमीभन्दा ठूलो व्रत अरू कुनै छैन। त्यसैले यो व्रत गर्नुहोस्, तिम्रो कल्याण हुनेछ।
इन्दुमतीले उहाँकै उपदेशका आधारमा विधिवत व्रत बसिन् र त्यसको प्रभावमा देह त्यागपछि स्वर्ग गएकी थिइन् । त्यहाँ उनलाई सबै अप्सराहरूको प्रमुख बनाइएको थियो।





















Discussion about this post