बलिउड अभिनेता सुनिल शेट्टीकी छोरी आथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुलले गरे बिहे

बलिउड अभिनेता सुनिल शेट्टीकी छोरी आथिया शेट्टी र भारतीय क्रिकेटर केएल राहुलको बिहे भएको छ।सोमबार उनीहरूले सुनिलको खण्डलास्थित फार्महाउसमा बिहे गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

उनीहरूले परिवार, आफन्त, साथीभाइ र निकटका व्यक्तिहरूलाई मात्र निम्ता दिइएको बताइएको छ।सोमबारै आथिया र राहुलले आफ्नो इन्स्टाग्राममार्फत् आफ्नो बिहेको तस्बिर सार्वजनिक गरेका छन्।

उनीहरूले फोटा राख्दै लेखेका छन्, ‘आज हाम्रा प्रियजनहरूको उपस्थितिमा हामीले बिहे गरेका छौं। हामी यो यात्रामा सबैको आशीर्वादको कामना गर्छौं।’

सुनिल शेट्टीले आफ्नी छोरीको विवाहलाई गोप्य राख्ने सक्दो प्रयास गरेका थिए। आथिया र केएलको दुवै परिवारले विवाहबारे कुनै जानकारी दिएका थिएनन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनीहरूको बिहेको कुनै तस्बिर वा भिडिओ लिक नहोस् भनेर विवाहमा पाहुनालाई मोबाइल समेत बोक्न नदिने भएका थिए।आथिया र केएलले सन् २०२२ मा इन्स्टाग्राममार्फत आफूहरू प्रेम सम्बन्धमा रहेको बताएका थिए।

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित