टिलिक्क रारा (तस्बिरहरु)

भारी हिमपातले मुगुको रारा चाँदीजस्तै टिलिक्क टल्किएको छ ।

सोमबारदेखि बुधबारसम्म रारा क्षेत्रमा बाक्लो हिउँ परेको र बिहीबारदेखि घाम लागेपछि रारा चाँदीजस्तै चम्किलो देखिएको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

समुद्री सतहदेखि २९ सय २९ मिटर उचाईमा रहेको मुगुको उत्कृष्ट पर्यटकीय गन्तव्य रारा मौसमअनुकूल विभिन्न रुप फेर्ने गरेको छ । हिउँ परेको बेला चाँदीजस्तै टल्किने, कुनै बेला खैरो, कुनै बेला निलो रंग फेर्ने गर्दा पर्यटक निकै रोमाञ्चित हुने गरेका छन् ।

बिहान र मध्याह्नको समय सूर्यका किरण हिउँ र तालपर्दा छिनछिनमा रुप फेर्दै टल्किन्छ । यो वर्षकै पहिलोपटक रारा हिउँ परेको हुँदा रुखदेखि जमिनसम्म कपास बिछ्याएजस्तै सेताम्य देखिएको छ ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका रेन्जर जयहरि धितालले पर्यटकको निम्ति रारा असाध्यै आकर्षक देखिएको बताए । ताल वारिपारिबाट बगेर आउने मझौला खोला नालाहरु पनि हिउँले छोपिएका छन् ।

मुर्माटप चुचुमारे लेकबाट अवलोकन गर्दा रारा चाँदी घेराझैं देखिन्छ । हिउँदमा रारामा हिउँ पर्ने, चैत-वैशाखमा रारामा लालीगुराँस फूल फुल्ने, जेठ-असार रारा ताल वरिपरि थरिथरिका फूल फुल्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित