सल्यानमा चारमहिने सुत्केरीको मृ त्यु

सल्यानमा झाडापखालाबाट चारमहिने सुत्केरीको मृ त्यु भएको छ । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका ११ रैकर बस्ने २२ वर्षीया अमृता विकको मृ त्यु भएको हो ।

सोमबार बिहान ४ बजेदेखि पखाला लागेपछि स्थानीय मेडिकलबाट मेट्रो नामक औषधि किनेर सेवन गरेको तर औषधि ठिक नभई थप समस्या देखिएपछि उपचारका लागि सुर्खेतको मेहलकुना अस्पताल लैजाँदै गर्दा बाटैमा विकको मृ त्यु भएको मृ तक महिलाको काका ससुरा तुलसी विकले बताए ।

पहिला सामान्य जस्तो लागेकाले मेडिकलको औषधिको भर पर्दा समयमै अस्पताल पुर्‍याउन नसकेको उनले जानकारी दिए । झाडापखाला कसरी लाग्यो भन्नेबारे केही थाहा नभएको उनले उनले जानकारी गराए ।

‘रैकरदेखि मेहलकुनाको अस्पताल जम्मा २०/२५ मिनेटको दूरीमा मात्र थियो । झाडापखाला लागेपछि औषधि सेवन गर्दा ठिक होला भन्ने लाग्यो‚’ उनले भने‚ ‘समस्या झनै बढ्यो । अस्पताल पनि समयमै लगिएको थियो तर बुहारीलाई बचाउन सकिएन । अस्पताल पुग्नेबित्तिकै डाक्टरले मृ त घोषण गरिदिए ।’

मृतकका श्रीमान् राजकुमार विक अहिले वैदेशिक रोजगारीका लागि खाडीमुलुक दुबई गएका र घरमा बच्चालगायत अन्य कसैलाई पनि पखालाको समस्या भने नदेखिएको उनको भनाइ छ ।

चिसोका कारण महिलालाई झाडापखालाको समस्या देखिएको र औषधिको मात्र भर पर्दा शरीरमा पानी सकिएपछि डिहाइड्रेसनको समस्या देखिएका कारण मृत्यु भएको अस्पताल स्रोतबाट बुझिएको बन्गाड कुपिण्डे नगरपालिकाका स्वास्थ्य शाखा तथा स्वास्थ्यकर्मी प्रमुख वासुदेव पोखरेलले बताए ।

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित