देव गुरु उदय हुँदा ‘हंस राज योग’ बन्दै, यी ३ राशिलाई हुनेछ फलिफाप नै फलिफाप !

ज्योतिष शास्त्रका अनुसार कुनै ग्रहको उदय वा अस्त हुँदा त्यसको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव मानव जीवनमा पर्दछ। यससँगै ग्रहहरूको उदय हुँदा धेरै शुभ योगहरू बन्ने गर्दछ ।

बृहस्पति ग्रह अप्रिल महिनाको सुरुमा उदय हुनेछ। जसका कारण हंस नामको राजयोग बनिरहेको छ। जसको प्रभाव सबै राशिका मानिसहरुमा देखिनेछ। तर यस्ता ३ राशिहरु छन् जसलाई यो समयमा राम्रो लाभ र प्रगति हुने भएको छ जान्नुहोस् यी भाग्यशाली राशिका बारेमा….

कर्कट राशि: ‘हंस राज योग’ को निर्माण हुँदा करियर तथा व्यापारमा राम्रो सफलता मिल्नेछ। किनभने बृहस्पति यस राशिबाट नवौँ घरमा उदाउनेछ। त्यसैले यस समयमा कर्कट राशिका व्यक्ति भाग्यशाली साबित हुन सक्नुहुन्छ।

साथै यो समय अध्ययनरत विद्यार्थीहरूको लागि लाभदायक साबित हुन सक्छ। जागिर गर्ने व्यक्तिहरूले राम्रो कामको प्रस्ताव पाउन सक्छन्। विदेश जान चाहनेहरुका लागि यो समय निकै राम्रो रहेको छ।

धनु राशि: धनु राशिको लागि ‘हंस राजयोग’ को निर्माण अनुकूल साबित हुन सक्छ। किनभने बृहस्पति गोचर धनु राशिको दोस्रो घरमा उदय हुनेछ। यस कारण आकस्मिक धन प्राप्त गर्न सक्नुहुन्छ।

अर्कोतर्फ, व्यवसायीहरूले ऋण लिएको पैसा फिर्ता पाउन सक्छन्। साथै, धन बचत गर्न र धन लगानी गर्नमा पनि सफल हुनेछन् । यसका साथै आर्थिक स्थितिमा सुधार आउनेछ। योसँगै १७ जनवरीदेखि शनिको साढे सातीको प्रभाव पनि समाप्त हुनेछ । तसर्थ यस अवधिमा सम्पत्ति वा सवारी साधन पनि किन्न सक्नुहुन्छ।

मीन राशि: हंस राजयोग यस राशिको लागि लाभदायक साबित हुन सक्छ। किनभने बृहस्पति यस राशिको लग्न घरमा गोचर हुनेछ। त्यसैले यस समयमा आत्मविश्वासमा वृद्धि हुनेछ।

साथै यस अवधिमा आफ्नो जीवनसाथीको सहयोगमा धन प्राप्त गर्न सक्नुहुन्छ र जीवनसाथीको निर्णय लाभदायक साबित हुनेछ। यसका साथै यस बृहस्पतिको उदयका कारण व्यवसायीलाई अचानक धन प्राप्त हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित