सानी छोरीसँग खेल्दै नायिका स्वेता खड्का र उनका श्रामानले बनाएको भिडियो हेर्नुस (भिडियो सहित)

अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि उनकी श्रीमती अभिनेत्री स्वेता खड्काको अवस्था देख्दा धेरैलाई लागेको थियो, उनलाई सामान्य जीवनमा फर्किन अब गाह्रो होला ।

अचेल स्वेताको मुहारमा छाउने मुस्कानले देखाउँछ, उनको जीवनमा हराएको खुसी फेरि फर्किसक्यो । श्रीकृष्णको निधन भएको दुई वर्षपछि ‘कान्छी’ फिल्म बनाइन्, आफैँ अभिनय गरिन् ।

रेस्टुराँ, इन्जिनियरिङ कन्स्ट्रक्सन कम्पनी लगायत विभिन्न व्यवसायमा पनि हात हालेकै छिन् । सिन्धुपाल्चोकको इन्द्रावतीमा माझी बस्ती निर्माण अभियानमा पनि जुटेकै छिन् । अहिले बाँचिरहेको जीवन उनलाई ‘दोस्रो जीवन’ जस्तो लाग्छ रे ! उनको पहिलो र दोस्रो जीवन केन्द्रित भएर अनिल यादवले गरिएकाे कुराकानी

निकै हतारमा देखिनुहुन्छ नि ?
अँ, एकदमै बिजी छु । चारैतिर हात हालेको छु । फिल्मको विदेश प्रदर्शन, माझी बस्तीको पुनःनिर्माण, आफ्नो रेस्टुरेन्ट, कन्स्ट्रक्सन कम्पनी थुप्रैतिर आबद्ध छु । फेरि अहिले नयाँ आर्थिक वर्ष पनि लाग्दैछ । त्यसैले क्लोजिङको टाइम छ । अहिले पनि यो इन्टरभ्यू सकिनेबित्तिकै बैंक जानुपर्ने छ ।

श्रीकृष्णको ‘मृत्युपछि सामान्य जीवनमा फर्कन तपाईंलाई धेरै समय लाग्यो है ?
दुई वर्ष बढी लाग्यो होला । दुई वर्षसम्म उहाँ र मेरो ट्र्याजिडी त छँदैथ्यो, बाहिर चल्ने अनेक हल्लाहरुले झन् पीडा दिन्थ्यो । त्यतिबेला उहाँको विछोड सँगसँगै अरु धेरै कुरासँग म फाइट गर्थें । मलाई धेरै समस्या पनि भयो त्यतिबेला ।

हेल्थले पनि साथ दिएन । ब्याकबोनको प्रोब्लम भयो । ग्यास्ट्रिकको समस्या भयो । डिप्रेसनमा पनि गएँ । औषधीको कुरा गर्दा १२–१३ वटा ट्याब्लेट एकपल्टमा खानुपथ्र्यो । र, त्यो सँगसँगै मेडिसिनमा विश्वास लागेन । मलाई पनि ठीक हुँदैन, मलाई पनि क्यान्सर हुन्छ भनेर घरमा जिद्दी गरेँ ।

त्यसपछि अस्ट्रेलिया गएँ, ट्रिटमेन्टका लागि । एक महिना त्यहाँ रहँदा पनि सुधार नभएपछि फेरि युएस गएँ । फेमिलीको सल्लाहअनुसार म टाढा जाँदा मलाई ठीक होला भनेपछि म त्यता ९युएस० गएकी थिएँ । युएसमा श्रीकृष्णलाई माया गर्ने उहाँका फ्यानले मुभीको प्रिमियर सो राख्नुहुन्थ्यो । त्यहाँ गएर दर्शकसँग भेट्दा, माया पाउँदा आफूलाई सम्हालिएको महसुस हुन्थ्यो ।

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित