महाशिवरात्रि पहिले नै यी राशिको भाग्य खुल्दै, हुनेछ भोलेनाथको शुभ नजर !

धार्मिक मान्यता अनुसार महाशिवरात्रि भगवान शिवको नाममा समर्पित छ। यस वर्षको महाशिवरात्रि फागुन ६ गते परेको छ। महाशिवरात्रिको केही दिन अगाडि अर्थात् फागुन१ गते बिहान ९ः२१ बजे ग्रहहरूको राजा सूर्य कुम्भ राशिमा प्रवेश गर्नेछन्।

यस समयमा शनिदेव कुम्भ राशिमा विराजमान हुनुहुन्छ। यस्तो अवस्थामा कुम्भ राशिमा शनि र सूर्यको संयोग हुनेछ। सूर्य चैत १ गते बिहान ०६:१३ सम्म कुम्भ राशिमा रहनेछ

त्यसपछि यो मीन राशिमा प्रवेश गर्नेछ। कुम्भ राशिमा शनि र सूर्यको संयोगले केही राशिका व्यक्तिलाई शुभ फलदायी हुन् सक्छ। जान्नुहोस् यस समयमा कुन-कुन राशिलाई शुभ फलदायी हुनेछ।

मेष राशि: मेष राशिका लागि कुम्भ राशिमा बनेको सूर्य र शनिको संयोग लाभदायी रहनेछ। सूर्य मेष राशिको पाँचौँ घरको स्वामी हो। सूर्य कुम्भ राशिमा प्रवेश गर्दा तपाईको एघारौं घरमा प्रवेश गर्नेछ। यस अवधिमा तपाईको मनोकामना पूरा हुनेछन्। कार्यशैलीमा सुधार आउनेछ। करियरमा प्रगति हुनेछ। सूर्य र शनिको संयोगले आत्मविश्वास बढ्नेछ।

वृष राशि: सूर्य र शनिको संयोग वृष राशिका लागि लाभदायक साबित हुनेछ। सूर्य यस राशिको चौथो घरको स्वामी हो। जब सूर्य कुम्भ राशिमा गोचर हुन्छ, यो यस राशिको दशम भावमा गोचर हुनेछ।

सूर्य गोचरको प्रभावले रोकिएका काम बन्नेछन्। करियरमा नयाँ उचाइ प्राप्त हुनेछ। मान सम्मानमा बृद्धि हुनेछ। प्रगति भइरहेको छ। आर्थिक क्षेत्रमा लाभ हुनेछ। आम्दानी बढ्नेछ।

मकर राशि : मकर राशिका लागि सूर्य गोचरको समय निकै लाभदायी रहनेछ। सूर्य मकर राशिको दोस्रो घरमा गोचर गर्दैछ। जसका कारण आर्थिक स्थितिमा सुधार आउनेछ। जीवनमा सकारात्मक परिवर्तन आउनेछ। व्यापारमा लाभ हुनेछ। लगानीका लागि समय अनुकूल रहनेछ। काममा नयाँ अवसर मिल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित