शिवरात्रिमा शनिसहित यी ३ ग्रहको संयोग हुँदै, मकरसहित यी ४ राशिलाई हुनेछ निकै खास !

यस वर्षको महाशिवरात्रि फाल्गुन ६ गते शनिबारको दिन परेको छ। ग्रहहरूको स्थितिको कुरा गर्दा यस पटक शिवरात्रिमा त्रिग्रही योग बन्दैछ। यो योग बनेको कारण यी तीन ग्रहहरुबाट पीडित जातकले महाशिवरात्रिमा पूजा-अर्चना गर्दा धेरै फलदायी साबित हुनेछ।

यसमा शनिदेवको पूजा विशेष हुन्छ। महाशिवरात्रिमा शनिदेव आफ्नै राशि कुम्भ राशिमा विराजमान हुनेछन्। यसबाहेक फाल्गुन १ गते सोमबार सूर्य पनि कुम्भ राशिमा प्रवेश गर्नेछ। यस अवधिमा सूर्यबाहेक चन्द्रमा पनि कुम्भ राशिमा रहनेछ। ग्रहहरूको यो स्थितिले त्रिग्रही योग बनाउँछ।

महाशिवरात्रिमा शनि, सूर्य र चन्द्रमा एउटै राशिमा हुनु अत्यन्तै दुर्लभ तर लाभदायक हुने बताइएको छ। यो योगमा शिवजीको पूजा गर्नाले शनिको महादशा र साढेसाती, ढैयाबाट पीडित व्यक्तिलाई लाभ मिल्नेछ।

यस योगमा पीडित व्यक्तिले विभिन्न उपाय अपनाएर भगवान शिवलाई प्रसन्न पार्न सक्छन्। त्यसैले यस महाशिवरात्रिमा व्रत बसेर महादेवको पूजा गर्नाले शनिदेवको दोष पनि हट्छ।

अहिले मकर, कुम्भ, धनु राशिमा शनिको साढेसाती र मिथुन, तुला राशिमा शनिको ढैय्या चलिरहेको छ। त्यसैले यी राशिका व्यक्तिहरूले शिवरात्रिमा भगवान शिवको विशेष रुद्राभिषेक गराउनुपर्छ। यसो गर्नाले भगवान शिवको कृपा प्राप्त भई यी राशिको समस्या कम हुन्छ।

महाशिवरात्रिको दिन गुरु मीन राशिमा हुनेछ र शुक्र पनि आफ्नो उच्च राशि मीनमा हुनेछ, यस्तो अवस्थामा मिथुन, कन्या, धनु र मीन राशिका लागि आर्थिक लाभ हुने सङ्केत देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित