‘कांतारा’ रहेछ दोस्रो पार्ट, अब पहिलो पार्ट बन्ने

ऋषभ शेट्टीद्वारा अभिनीत तथा निर्देशित फिल्म ‘कांतारा’को सफलतापछि यसका निर्माताले प्रिक्वेल घोषणा गरेका छन् ।

भारतीय बक्सअफिसमा मात्रै १ सय ५० करोडको कलेक्सन गरेको फिल्मले प्रदर्शनको सय दिन पूरा गरेको अवसरमा ऋषभले प्रिक्वेल निर्माणको घोषणा गर्दै सन् २०२४ मा रिलिज हुने जानकारी दिएका छन् । हाल स्क्रिप्ट लेखनको काम भैरहेको उनको भनाई छ ।

ऋषभ शेट्टीले प्रिक्वेल निर्माणको घोषणा गर्दै भनेका छन्, ‘हामी निकै खुसी छौं र दर्शकप्रति आभारी छौं, जसले ‘कांतारा’लाई अपार माया र सपोर्ट गर्नुभयो ।

सर्वशक्तिमान देवको आशीर्वादले फिल्मले सफलतापूर्वक सय दिन मनाएको छ । यो खुसीको अवसरमा ‘कांतारा’को प्रिक्वेल घोषणा गर्दैछु ।’ ‘कांतारा’ दोस्रो पार्ट भएको जानकारी दिँदै उनले अर्को वर्ष पहिलो पार्ट आउने बताएका छन् ।

गत ३० सेप्टेम्बरमा रिलिज भएको फिल्मले सुरुवाती दिनमा बक्सअफिसमा अत्यन्त कमजोर व्यापार गरेको थियो । तर, बलियो ‘वर्ड अफ माउथ’ले फिल्मले आफ्नो रफ्तार पकड्यो ।

कन्नड भाषामा बनेको यो फिल्मको सानदार कमाईपछि १४ अक्टोबरबाट हिन्दी, तमिल र तेलुगु भाषामा पनि रिलिज गरिएको थियो । आइएमडिबीमा फिल्मलाई ९.१ को रेटिङ मिलेको छ, जुन उच्च रेटिङ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित