आज बुधबार गर्नुहोस् श्रीगणेशको पूजा, सुख-समृद्धिमा रातारात हुनेछ वृद्धि

हरेक शुभ कार्यमा गणेशको पूजाको विशेष महत्त्व छ। भगवान गणेशलाई प्रथम पूज्य भगवान मानिन्छ। गणेशको पूजा गरी कुनै शुभ तथा शुभ कार्य प्रारम्भ गरेमा सहज रुपमा सम्पन्न हुने मान्यता रहेको छ। धार्मिक मान्यता अनुसार सबै कार्यहरू बिना बाधा पूरा गर्नको लागि गणेशको पूजाबाट सुरु गरेमा सम्पूर्ण कार्य सम्पन्न हुने मान्यता रहेको छ। बुधबार भगवान गणेशको लागि समर्पित छ। यस दिन वा नियमित रूपमा गणेश चालिसाको पाठ गर्नाले गणेशको आशीर्वाद अवश्य प्राप्त हुने जनविश्वास रहेको छ।

यस विधि अनुसार गर्नुहोस् गणेश चालिसाको पाठ : ज्योतिष शास्त्रका अनुसार बुधबार स्नान गरी गणेशको पञ्चोपचार पूजा गर्नुपर्छ। यस अवधिमा भगवान गणेशलाई दुबो, फूल र गणेशलाई मनपर्ने चीजहरू चढाउने गर्नुहोस्।

गणेश चालिसाको पाठ पूर्व वा उत्तर दिशातर्फ फर्काएर गर्नु पर्ने ज्योतिषीहरुको भनाइ छ। गणेश चालिसाको पाठ सुरु गर्नु अघि भगवान शिव, माता पार्वती र गणेशको नाममा ध्यान गर्नुहोस्।

गणेश चालिसा पाठ गर्दाको फाइदा: बुधबार गणेश चालिसाको पाठ गर्नाले रिद्धि, सिद्धि, ज्ञान र विवेक आदिमा वृद्धि हुने ज्योतिषीहरुको भनाइ छ। यो पाठ धन आर्जनका लागि निकै लाभदायक र चमत्कारी मानिएको छ।

शास्त्र अनुसार गणेश चालिसाको पाठ गर्नाले मानसिक शान्ति प्राप्त हुन्छ। यसका साथै घरमा सुख शान्ति कायम रहन्छ। अर्कोतर्फ बालबालिकाले गणेश चालिसाको पाठ गरेमा पढाइमा एकाग्रता बढ्छ।

बुधवारको दिन भगवान गणेशको पूजा–आराधना गर्नाले व्यक्तिको व्यापारमा प्रगति हुन्छ। शत्रुमाथि विजय प्राप्त गर्न गणेश चालिसाको नियमित पाठ गर्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित