कब्जियतका कारण, दाँतले जिभ्रो टोकिँदा वा अन्य कुनै पनि कारणले गर्दा मुख र जिभ्रोमा खटिरा आउन सक्छ ।
मुखमा खटिरा आउँदा खान पिउन र निल्न असाध्यै गाह्रो हुन्छ । यो समस्याले ग्रस्त हुनुहुन्छ भने पनि नआत्तिनुस् । यसको घरेलु उपचार सम्भव छ ।
लिकोरिस वा मुलेठी : मुलेठीको काँढा बनाएर चिस्याउनुस् अनि कपडा वा चियादानीले छान्नुस् । अनि यसको पानीले दिनमा तीनचारचोटि कुल्ला गर्नुस् । मुख र जिभ्रोका खटिरा हराउँछन् ।
घिउकुमारी : घिउकुमारीको रस खटिरामा लगाउँदा पीडाबाट छिटो मुक्ति पाइन्छ अनि खटिरा पनि छिट्टै निको हुन्छ।
नरिवल पानी : नरिवलको पानीले पनि खटिरा ठीक पार्छ ।
हरियो धनियाको रस : धनियालाई पानीमा उमाल्नुस् । अनि त्यसको पानी छानेर चिस्याउनुस् र कुल्ला गर्नुस् । खटिरा गायब भइहाल्छन् ।
मह : महलाई पानीमा मिसाएर कुल्ला गर्दा पनि खटिरा हराउँछन् ।





















Discussion about this post