अमेरिकी राष्ट्रपति जो बाइडेनकी श्रीमती (अमेरिकी प्रथम महिला) जिल बाइडेन उपराष्ट्रपति कमला ह्यारिसका श्रीमान् डक एम्होफको ओठमा चुम्बन गरेपछि विवादमा परेकी छिन् ।
सामान्यतया पश्चिमा मुलुकमा अभिवादन वा स्नेह प्रकट गर्दा आलिङ्गनका साथ ओठले स्पर्श नगरी निधार वा गालामा चुम्बन गर्ने गरिन्छ । तर, जिलले ओठ जोडेर चुम्वन गरेपछि सर्वत्र चर्चा भईरहेको छ।
ओठमा चुम्बन गरेको स्पष्ट देखिने जुम गरिएको तस्वीर न्ययोर्क टाइम्सले सार्वजनिक गरेको छ । फोटोमा जिल वा डग कसले गल्ती गरेका हुन् भन्न सकिन्न तर त्रुटि भएको देखिने कतिपय अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।
फक्स न्युजले उक्त तस्वीरको आलोचना गरेको छ भने पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका भूतपूर्व सल्लाहकार केलीन कानवेले उक्त तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै ठट्टा गरेका छन्, –‘वास्तवमै कोभिड सकिएछ ।’
जानकारी अनुसार आफ्ना श्रीमान् जो बाइडेन ‘स्टेट अफ द युनियन’ सम्भाषणका निम्ती तयार मञ्चमा उक्लनै लाग्दा जिलले एम्होफको हात समाएर आलिङ्गनका साथ ओठमै चुम्बन गरेकी हुन। यो घट्नापछि भाषण सुन्न बसेका उच्च नेतृत्वको ध्यान राष्ट्रपतिबाट मोडिएर जिलतर्फ केन्द्रित भएको जनाईएको छ।
यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।





















Discussion about this post