फाल्गुन १५ गतेसम्म मकर राशिमा रहनेछ बुध, ३ राशिमाथि मडारिनेछ सङ्कटको बादल

ज्योतिष शास्त्रमा ग्रहहरुको विशेष महत्व छ। ग्रहहरुका चालमा आउने परिवर्तनले मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्छ। त्यसैले मानिसहरु आफ्नो जीवनमा कुनै पनि सङ्कट आए भने ज्योतिषीलाई भेटी आफ्नो ग्रहहरुका चाल ठिक छ कि छैन भनेर बुझ्छन्।

ग्रहहरुका बारेमा चर्चा गर्दा बुध ग्रह फाल्गुन १५ गतेसम्म(२७ फेब्रुअरी) शनिको राशि मकरमा विराजमान हुनेछ। जसको अशुभ प्रभाव ३ राशिमा पर्न जान्छ। ३ राशिमा बुध ग्रहको प्रभाव : –

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – बुध ग्रह मकर राशिमै हुने कारण यस राशिका जातकले विभिन्न समस्याको सामना गर्नुपर्नेछ। तपाईको मन धेरै विचलित रहनेछ। कुनै पनि काममा मन लाग्नेछैन। रगतसम्बन्धी रोग लाग्ने सम्भावना छ। कुनै कानुनी मामिलामा फस्नुहुनेछ। वरिष्ठ अधिकारीहरूबाट टाढा रहनुहोस्। समग्रमा यो महिना सावधानी अपनाउन जरुरी छ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : – कुम्भ राशिका व्यक्तिहरुले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक छ। कुनै पनि ठूलो निर्णय लिनु अघि ठूलाबडासँग सरसल्लाह लिनुहोस्।

घरका ज्येष्ठ सदस्यको स्वास्थ्य अवस्था बिग्रन सक्छ। कुनै पनि निर्णय लिन हतार नगर्नुहोस्। हड्डीसम्बन्धी रोगले सताउन सक्छ। तपाई गलत सङ्गतमा फस्नुहुनेछ। आफ्नो मनोबल उच्च राख्नुहोस्। तपाईको मानसिक शान्ति भङ्ग हुन् सक्छ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : – मीन राशिका व्यक्तिहरुले आफ्नो क्रोधलाई काबूमा राख्नुपर्नेछ। यदि तपाईले आफ्नो रिसलाई नियन्त्रणमा राख्नुभएन भने यो तपाईको लागि नोक्सानदायक साबित हुन् सक्छ। लामो समय अघिदेखि रोकिएका कामले गति लिनेछ। कुनै पनि प्रकारको ठूलो खर्चबाट बच्न आवश्यक छ।

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित