केदारनाथ मन्दिर हिन्दूहरूको एउटा पवित्र तिर्थस्थल हो । यो उत्तराखण्डको केदारनाथमा अवस्थित छ । केदारनाथ भारत उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लाको एक नगरपञ्चायतमा रहेको, अति दुर्गमस्थलमा रहेका चारधाम मध्येको एक धाम हो ।

यिनलाई प्रसिद्ध शिवजी तथा प्रसिद्ध शिवलिङ्ग रहेको स्थान मानिन्छ । यो स्थान हिन्दूहरूको प्रसिद्ध तीर्थस्थल हो । केदारनाथ रहेको यो स्थान समुन्द्रि सतहबाट ३५८४ मिटर उचाईमा रहेको छ ।

शिवका १२ ज्योतिलिङ्ग मध्ये यिनी एक हुन् । आदि शंकराचार्यले ८२० ई.मा यिनै केदारनाथमा देह त्याग गरेका थिए । केदारनाथका केदारको दक्षिण कुनामा भैरवको दलबल स्थापना गरिएको छ ।
यी भैरवका दलबल केदारका गार्ड हुन् । केदारको मन्दिरको पछाडि शंकराचार्यको समाधीस्थल रहेको छ । यहाँका तीर्थ स्थलमा महत्त्वपूर्ण स्थानहरु केदारले पार्वतीसँग विवाह गर्दाको होमकुण्ड अझै देख्न सकिन्छ । यो त्रिजुगानारायणको रूपमा रहेकाछन् ।
हिउँदको ठण्डी समयमा माथि शिखरमा अत्यधीक चिसो हुने भएका कारण केदारनाथ तल उखिमठमा आँउछन् भन्ने मान्यता छ । केदारनाथको चिसो महिनामा बस्ने उखिमठ हो ।
यस उखिमठमा केदारनाथ, केदारका पूजारी र ऋषिमुनीहरु बस्ने गर्दछन् । यी केदारलाई पञ्चकेदारमध्येका प्रमुख मानिएको छ । यस मठमा केदारनाथको पूजाको व्यवस्था मिलाउने रेखदेख गर्ने शिक्षा–दिक्षा दिने भक्तजनहरु बस्ने गर्दछन् ।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post