यी ४ राशिका व्यक्ति लाई अशुभ छ यो भ्यालेन्टाइन,मन नमिल्नुको साटो सम्बन्धमा आउनेछ फाटो !

रोज डे सँगै भ्यालेन्टाइन सप्ताह सुरु भएको छ। यसपछि प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, हग डे, किस डे र भ्यालेन्टाइन डे मनाइनेछ। प्रेम गर्नेहरुका लागि यो साता विशेष मानिएको छ।

यस अवधिमा प्रेमी युगलहरुले खुलेरै एकअर्कालाई प्रेम व्यक्त गरेको देखिन्छ। ज्योतिषशास्त्रका अनुसार यो भ्यालेन्टाइन धेरै राशिका प्रेमीकाका लागि विशेष रहने छ तर केही राशिका यस्ता छन् जसको प्रेम सम्बन्धमा यो साता खलल आउन सक्छ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : – यो साताको सुरुमा तपाईंको पार्टनरसँग झगडा हुन सक्छ। तेस्रो व्यक्तिलाईइ लिएर विवाद पनि हुनसक्छ। क्रोधमा, तपाईंले गलत निर्णय लिन सक्नुहुन्छ। मानसिक शान्ति भंग हुने सम्भावना छ। यस समयमा तपाईंलाई एकअर्कालाई विश्वास गरेर आफ्नो सम्बन्ध बलियो बनाउन सल्लाह दिइन्छ। कसैको कुरामा नआई एकअर्काको दृष्टिकोण बुझ्ने प्रयास गर्नुहोस्।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : – यस राशिका व्यक्तिहरूले आफ्नो पार्टनरलाई खुलेर आफ्नो प्रेम व्यक्त गर्न आवश्यक छ। समय नदिँदा पार्टनरसँग झगडा हुनसक्छ। केहि विषयमा गम्भिर झगडा हुने सम्भावना पनि छ। त्यसैले आफू शान्त रहेर आफ्नो पार्टनरलाई अधिकतम समय दिनु राम्रो हुन्छ। पार्टनको आवश्यकतालाई बुझ्नुहोस्।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : – विवाहित जोडीका लागि यो साता तनावपूर्ण रहन सक्छ। कुनै विषयमा गम्भीर विवाद हुने सम्भावना छ। तपाईंले आफ्नो क्रोधलाई नियन्त्रणमा राख्नु पर्छ, अन्यथा कुरा धेरै टाढा जान सक्छ। सम्बन्ध टुट्ने सम्भावना पनि छ। अविवाहित व्यक्तिको प्रेम जीवनका लागि पनि यो साता तनावपूर्ण रहनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : – कसैले तपाईंको प्रेम जीवनमा दरार पैदा गर्ने प्रयास गर्न सक्छ। अरुको कुरा नसुन्नु नै राम्रो हुनेछ। आफ्नो पार्टनरमा विश्वास राख्नुहोस्। आफ्नो जीवनसाथीलाई आफ्नो मनको सबै कुरा खुलेर बताउनुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित