नाना पाटेकर भन्छन्- मनिषा काेइरालालाई देख्दा मुस्किलले आँशु रोक्छु

मुम्बई। ९० को दशकमा अभिनेता नाना पाटेकर र अभिनेत्री मनिषा कोइरालाको प्रेमकथा कुनै समय बलिउडमा सबैभन्दा बढी चर्चाको विषय बन्थ्यो। अनस्क्रिन रोमान्स गरिरहँदा उनीहरुको प्रेम त्यो अवस्थामा पुग्यो, जहाँ सायद दुवैलाई मिलन लेखिएको थिएन।

मनिषा र नानाको पहिलो भेट फिल्म ‘अग्निसाक्षी’को सेटमा भएको थियो। सन् १९९६ मा रिलिज यो फिल्ममा मनिषाको उमेर २७ र नानाको उमेर ४५ को थियो ।

दुवैको उमेरको अन्तरसँगै नाना विवाहित पनि थिए। उनको एक सन्तान थियो। मनिषा र नानाको सम्बन्ध टुट्नुमा नाना नै कारण थिए, किनकी उनी श्रीमतीसँग सम्बन्धविच्छेद गर्न चाहँदैन थिए।

मनिषासँग सम्बन्ध टुटेको वर्षौंसम्म पनि नानाले आफ्नो प्रेमलाई बिर्सन सकेनन्। उनले फिल्मफेयरलाई दिएको एक अन्तर्वार्तामा मनिषालाई अझै पनि सम्झने गरेको खुलाएका थिए।

उनले मनिषालाई कस्तुरी हिरनसँग तुलना गरेका थिए। ‘जब म उसलाई देख्छु तब म आफ्नो आँशु मुस्किलले रोक्छु। ब्रेकअपपछिको समय निकै मुस्किलपूर्ण हुन्छ’, नानाले भनेका छन्।

यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित