महाशिवरात्रिमा भगवान शिव र शनिको यी उपायले केही राशिलाई लाभ हुने प्रबल योग!

महाशिवरात्रिको दिन शनि प्रदोष व्रतको अत्यन्तै दुर्लभ संयोग बनिरहेको छ। त्यसैले यस दिन शनिदेव र भगवान शिवको केही उपाय गर्नाले धेरै लाभदायक साबित हुनेछन्। यति मात्र होइन, यस दिन सर्वथ सिद्धि योग पनि बनिरहेको छ।

महाशिवरात्रिको दिन शनि प्रदोष व्रतको साथै अत्यन्तै दुर्लभ संयोग बनिरहेको छ। त्यसैले यस दिन शनिदेव र भगवान शिवको लागि गरिने उपाय धेरै लाभदायक साबित हुनेछन्।

यति मात्र होइन, महाशिवरात्रीको दिन सर्वथ सिद्धि योग पनि बन्दैछ। यो योग निकै फलदायी मानिन्छ। त्यसैले यस महाशिवरात्रिमा भगवान शिवको रुद्राभिषेकका साथ-साथै शनिदेवको महादशा, ढैया र शनिको साढे सातिको प्रभाव भएका व्यक्तिले यी कार्यहरु अवश्य गर्नुहोस्।

त्यस्तै यदि शनिदेवको प्रभावबाट बचन केही उपाय गर्दै हुनुहुन्छ भने, यो महाशिवरात्रिमा भगवान शिवलाई कालो तिल मिसाएको जलले अभिषेक गर्नुहोस्। शनिबार बरको रुखको जरामा दूधले अभिषेक गर्नुहोस् र त्यो माटो निधारमा लगाउनुहोस्। शनिबार कम्तीमा १० गरिबहरूलाई खान खुवाउनुहोस्।

रुद्राभिषेक भगवान शिवको सबैभन्दा महत्त्वपूर्ण उपाय हो, भगवान शिवको रुद्राभिषेक कुनै पनि प्रकारको रोगबाट बच्न गरिन्छ। यदि सन्तान होस् भन्ने चाहनु हुन्छ भने भगवान शिवलाई दूधले अभिषेक गर्नुहोस्।

हिन्दू पात्रोका अनुसार फागुन ६ गते शनिबार परेको छ। पञ्चाङ्ग अनुसार त्रयोदशी तिथि सूर्योदयदेखि साँझ ५:४३ सम्म हुन्छ। यसपछि चतुर्दशी तिथि रातभर र फागुन ७ गते दिउँसो ३ बजेर २० मिनेटसम्म रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित