१२ वर्षपछि सूर्य-बृहस्पतिको शुभ संयोग, ३ राशिमा पर्नेछ शुभ प्रभाव: हुनेछ लाभै-लाभ !

ज्योतिष शास्त्रको अनुसार बृहस्पति र सूर्य ग्रहको मेष राशिमा विशेष संयोग बन्न गइरहेका छन्। ज्योतिषशास्त्रका अनुसार बृहस्पति र सूर्यबिच मित्रताको भाव रहेको छ।

यो शुभ संयोग अप्रिल महिना बन्नेछ। सूर्य ग्रहलाई ग्रहहरूको राजा मानिन्छ। यसका साथै बृहस्पति ग्रहलाई ज्ञान, शिक्षा, धार्मिक कार्य र परोपकारको कारक मानिन्छ।

त्यसैले यो संयोगको प्रभाव सबै राशिमा देखिनेछ। तर यस अवधिमा ३ वटा भाग्यशाली राशि भएका छन्, जसका लागि धन र सौभाग्यको सम्भावना रहेको छ। जान्नुहोस् कुन-कुन राशि हुन्-

तुला राशि: सूर्य र बृहस्पतिको संयोजन तुला राशिका व्यक्तिलाई लाभदायक साबित हुन सक्छ। किनकि यो संयोग तुला राशिको सातौँ घरमा बन्नेछ। जसलाई दाम्पत्य जीवन र साझेदारीको स्थान मानिन्छ।

जसले गर्दा तुला राशिका व्यक्तिलाई विवाहमा बाधा आइरहेको थियो भने बाधा हटेर विवाहको योग हुनेछ। पारिवारिक जीवनमा प्रेम र सद्भाव रहनेछ। यसका साथ-साथै साझेदारी कार्यमा धन आगमन बढ्नेछ। यस अवधिमा जीवनसाथीको संयोगले लाभ हुन सक्छ।

मिथुन राशि: मिथुन राशिका लागि सूर्य र बृहस्पतिको संयोग अनुकूल साबित हुन सक्छ। किनभने यो संयोग मिथुन राशिको दसौँ स्थानमा बन्नेछ। जसलाई काम र कार्यस्थलको स्थान मानिन्छ।

त्यसैले यो समयमा काम-व्यवसायमा नयाँ अवसर प्राप्त गर्न सक्नुहुन्छ। साथै, यस अवधिमा व्यवसायीहरूले नयाँ प्रस्तावबाट लाभ लिन सक्छन्। त्यस्तै बेरोजगार व्यक्तिहरूले नयाँ काम प्रस्ताव प्राप्त गर्न सक्छन्। नोकरी गर्नेहरूले कार्यस्थलमा नयाँ जिम्मेवारी पाउन सक्छन्।

मेष राशि: सूर्य र बृहस्पतिको संयोग मेष राशिको लागि शुभ र फलदायी साबित हुन सक्छ। किनकि यो संयोग मेष राशिको लग्न घरमा बन्ने छ।

त्यसैले यस समयमा आफ्नो कार्यक्षेत्र विस्तार गर्न सक्नुहुन्छ। साथै, यो समयमा नयाँ व्यापार सुरु गर्न सक्नुहुन्छ। साथै, आर्थिक पक्ष पनि पहिले बलियो हुनेछ। यस समयमा आकस्मिक आर्थिक लाभको सम्भावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित