आज सोमबारको दिन गर्नुहोस् यस्ता सरल उपाय, मिल्नेछ भोलेनाथको विशेष आशीर्वाद !

हिन्दू धर्ममा सोमबार भगवान शिवलाई समर्पित रहेको छ। यस दिन विधिपूर्वक भगवान शिवको पूजा गर्ने व्यक्तिको सबै मनोकामना पूरा हुने विश्वास रहेको छ।

यस दिन भगवान शिवको मन्त्र जप, शिव चालिसाको पाठ र केही विशेष उपाय गर्नाले भोलेनाथ शीघ्र प्रसन्न हुने पनि विश्वास रहेको छ। भनिन्छ, जसमाथि भगवान शिवको आशीर्वाद हुन्छ, उनीहरुको जीवन सुख र सुविधाले भरिपूर्ण हुन्छ।

सोमबारको दिन यसरी गर्नुहोस् शिव जीको पूजा: बिहान सबेरै उठेर स्नान गरी भगवान शिवको पूजा गर्नुहोस्। पूजास्थललाई राम्ररी सफा गरेर त्यसमा शुद्ध जल छर्कनुहोस्।

शिवलिंगमा जल वा दूध चढाउनुहोस्। भगवान शिवको मूर्ति र शिवलिङ्गमा चन्दनको तिल लगाउनुपर्छ। त्यसपछि सुपारी, नरिवल, बेलको पात, फल, फूल, धतुरो, पञ्चामृत आदि चढाउनुहोस्।

दीप प्रज्वलन गर्नुहोस् र भगवान शिव र चन्द्रदेवको ध्यान गर्नुहोस्। शिव चालिसाको पाठ पनि गर्नु पर्छ र अन्त्यमा भगवान शिवको आरती गरी उहाँलाई भोग लगाएर पूजा पूरा गर्नुहोस्।

सोमबारको दिन गर्नुहोस् यस्ता कार्य: टाउकोमा खरानीको तिलक लगाउनुहोस्। लगानीका लागि यो दिन शुभ मानिन्छ। सुन, चाँदी वा स्टकमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने यो दिन रोज्नुहोस्।

यो दिन घर निर्माणको लागि शुभ मानिन्छ। आजको दिन कुनै नयाँ काममा लाग्नका लागि शुभ मानिन्छ। दूध तथा घिउको खरिद बिक्रीका लागि आजको दिन शुभ रहेको छ।

गर्नुहोस् यस्ता उपाय: यस दिन सेतो, हरियो, पहेँलो, रातो वा आकाशी रंगको वस्त्र धारण गरी भगवान शिवको पूजा गर्नुहोस्। यस दिन भगवान शिवलाई अक्षता अर्थात पूरै चामल चढाउनुपर्छ। सोमबार शिवरक्षा स्तोत्रको पाठ गर्नु लाभदायक मानिन्छ।

यसबाट पैसा सम्बन्धि समस्या हट्ने बताइएको छ। सोमबार साँझ काँचो चामलमा कालो तिल मिसाएर दान गर्नाले आर्थिक संकटबाट मुक्ति मिल्छ। सोमबार शिवलाई घिउ, चिनी र गहुँको पिठोबाट बनेको भोग अर्पण गर्नुहोस्। यसो गर्दा घरमा सुख शान्ति रहने विश्वास गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित