बर्दियामा एक जनाले बीमा रकम पाउनको लागि आफ्नै गाडीमा आगो लगाएको खुलेको छ। आज बिहान २ बजे बर्दिया मधुबन नगरपालिका ४ बसन्तास्थित माचड चोक देखि भुरिगाउँ जोड्ने पक्की सडक खण्डमा आ,गलागी भएको अवस्थामा गाडी देखिएको थियो।
सुरुमा नम्बर नखुलेपछि प्रहरीले अनुसन्धान गर्दा लु २ ख २०८४ नम्बरको सेतो रङ्गको फोर्स गाडी भएको खुलेको थियो। इलाका प्रहरी कार्यालय ढोढरी बर्दियामा प्रहरी टोली खटिई घटनास्थलमा पुग्दा गाडीको पुरै भाग आ,गलागी भई पूर्ण रुपमा जली नष्ट भएको अवस्थामा फेला पारेको थियो।
तर, घटनास्थलमा कुनै पनि व्यक्ति भेटिएनन्। त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। प्रहरीले गाडीको चालक बर्दिया मधुबन नगरपालिका-२ गंगापटुवा बस्ने रामु चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।
बीमाको लागि आ,गलागी: चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा बीमा रकमको लागि आ,गो लगाएको खुलेको हो।चौधरीले माघ २० गते गाडी बिग्रिएकोले मर्मतको लागी ग्यारेजमा लग्छन्। तर त्यहाँ मर्मत गर्दा बढी रकम लाग्ने हुन्छ। त्यसपछि चालकले गाडीमा आगो लगाई बीमा दाबी गर्ने योजना बनाउँछन्।
त्यसपछि माघ २९ गते छुट्टै जिपको सहयोगले बसन्ता स्थित एकान्त जङ्गल एरियाको माचड भुरिगाउँ जोड्ने पक्की सडकको पश्चिम किनारामा पुर्याएर चालक रामु चौधरीले डिजेल छर्की आगो लगाई आफ्नो घरतिर गएको देखिएको छ।घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए।
यो पनि पढ्नुहोस: एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो, जुन पवित्र शहर मदुरैमा अवस्थित छ। मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ। ४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्, जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।

यो मन्दिर तामिल जनताका लागि महत्वपूर्ण प्रतीक हो, र हजारौं वर्षको अन्तिम जोडीको लागि उल्लेख गरिएको छ, यद्यपि वर्तमान संरचना १७ औं शताब्दीको शुरुमा निर्माण गरिएको थियो। धर्ममा आस्था राख्ने मानिसहरु केवल शारीरिक स्वास्थको प्रसंगमा मात्र नास्तिकहरुभन्दा उत्कृष्ट हुँदैनन्, उनीहरुको मानसिक स्वास्थ्य पनि अपेक्षाकृत उत्कृष्ट हुन्छ ।
एउटा रिपोर्टका अनुसार आस्तिक मानिसहरुको तुलनामा धर्ममा आस्था नराख्ने मानिसहरुका धुम्रपान गर्ने बानी पनि दुई गुणा बढि हुने सम्भावना हुन्छ । यसमा भनिएको छ-‘धर्मलाई नमान्ने मानिस हरेक पाँचमध्ये एक व्यक्तिले धुम्रपान गर्छ ।





















Discussion about this post