जन्मदिनमा बोलाएर किशोरीमाथि सामूहिक बलात्कार, सातजना पक्राउ

बाँकेमा एक १६ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार भएको छ। बलात्कार आरोपमा सातजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिएका छन्।

प्रवक्ता डीएसपी न्यौपानेका अनुसार बलात्कारको आरोपमा ५ जना र मतियारको रुपमा २ जनालाई प्रक्राउ गरिएको हो । प्रक्राउ पर्नेमा बैजनाथ गाउँपालिका ८ बस्ने हेमराज थारु, राजकुमार थारु, विक्रान्त थारु, निराजन थारु, प्रविण थारु र सहयोगीको रुपमा विश्वनाथ थारु र निर्देशन थारु रहेका छन् ।

प्रक्राउ परेका ७ जनालाई म्याद थपका लागि जिल्ला अदालत बाँके लगिएको छ ।

कसरी भयो घटना ?

घटना यहि जेठ २१ गते रातिको हो । पीडित किशोरीलाई जन्मदिन मनाउन आउ भन्दै हेमराज थारुले फोन गरे । उनीहरु एक वर्षदेखि फेसबुकमार्फत परिचित साथी थिए। हेमराजले बोलाएपछि युवती बस चढेर बैजनाथ गाउँपालिका ८ स्थित मानखोलाको फुलबारी पुगिन् ।

जन्मदिन मनाउन भेला भएका उनका प्रेमी हेमराज थारुसहित अन्य साथीहरुले मदिरा खाए र किशोरीलाई पनि पिलाए । मदिराको नशा चढ्दै गएपछि प्रेमी हेमराजसहित उनका साथीले सामूहिक बलात्कार गरे। बलात्कारपछि बेहोस भएकी युवतीलाई मोटरसाइकलमा राखेर उनीहरुले बैजनाथ ८ पिपरीस्थित विक्रान्तको बंगुर फर्ममा पुर्‍याएको पक्राउ परेकाहरुले प्रहरीसमक्ष बयान दिएका छन्।

किशोरीलाई त्यहाँ पनि उनीहरुले पुन: बलात्कार गरे। फेरि त्यहाँबाट किशोरीको घर पुर्‍याइ दिनेभन्दै उनीहरुले मोटरसाइकलमा राखेर नेपालगञ्ज लैजाने क्रममा सोमबार बिहान ४ बजेतिर प्रहरीले फेला परेको हो । मोटरसाइकलमा बेहोस अवस्थाकी किशोरी राखेर लैजाँदै गरेको अवस्थामा भेटेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित