३० वर्षपछि महाशिवरात्रिको दिन बनेको छ दुर्लभ संयोग, शनि पूजा गर्दा साढे सातिको प्रभावबाट मुक्ति मिल्छ

फाल्गुन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथि अर्थात् महाशिवरात्रिको दिन शनि आफ्नो राशि कुम्भ राशिमा रहनेछ। यस्तो संयोग ३० वर्षपछि हुन् लागेको छ।

यसका साथै यस दिन प्रदोष व्रतको संयोग पनि रहेको छ। वास्तवमा चतुर्दशी तिथिको दिन त्रयोदशी पनि परेको छ। यस्तो अवस्थामा शनि प्रदोष र महाशिवरात्रिको अद्भुत संयोजन बनिरहेको छ।

यस संयोगमा गरिने शनिदेवको उपायले सबै समस्याबाट मुक्ति मिल्छ। शनिको साडेसातीबाट पीडित व्यक्तिले यी उपाय अवश्य अपनाउनु होस्। यी उपाय गर्नाले धन-समृद्धि, सुख, सुस्वास्थ्य प्राप्त हुन्छ।

महाशिवरात्रिमा शनि दोष हटाउनका लागि गंगा जलमा कालो तिल हालेर शिवलिंगमा चढाउनुपर्छ। साथै अभिषेक गर्दा शिव सहस्रनाम जप गर्नुहोस्। यसो गर्नाले शनिसँग सम्बन्धित सबै समस्याहरू हट्नेछन्। यससँगै भोलेनाथको पनि कृपा हुनेछन्।

शनिको प्रकोपबाट बच्न महाशिवरात्रिको दिन बिहान शुभ मुहूर्तमा शिवलिंगमा बेलपत्र अर्पण गर्नुहोस्। शिव चालिसाको पाठ पनि गर्नुहोस्। महाशिवरात्रिको दिन शिवलिंगमा बेलपत्र र शमीको फूल चढाउनुहोस्।

शनिदेव भगवान शिवको भक्त हुनुहुन्छ। शिवलिंगमा शनिदेवको प्रिय शमीको फूल चढाउँदा शनिको साढे सातिको प्रभावबाट मुक्ति मिल्छ। जीवनमा सुख आउँछ।

यसबाहेक महाशिवरात्रिको दिन कालो मासको दाल, कालो तिल, तोरीको तेल दान गर्नुहोस्। पीपलको रुखमुनि तोरीको तेलको दियो बाल्नुहोस् र तेलमा कालो तिल हाल्नुहोस्। यस कारणले कुण्डलीमा शनि बलवान हुन्छ र शुभ फल दिन्छ।

सनातन धर्ममा महाशिवरात्रिको दिनलाई निकै महत्त्वपूर्ण मानिन्छ । यस दिन भगवान शिव र माता पार्वतीको विवाह भएको दिन पनि हो। यस वर्ष महाशिवरात्रि फागुन ५ गते शनिबार मनाइँदै छ।

फाल्गुन कृष्ण पक्षको चतुर्दशी तिथिमा महाशिवरात्रि पर्व मनाइन्छ। यस वर्ष महाशिवरात्रिमा वर्षौँपछि शनि ग्रहको सम्बन्धमा दुर्लभ योग बनिरहेको छ, जसमा शिवको पूजा–आराधना गर्दा शिव र शनि दुवै प्रसन्न हुने धार्मिक मान्यता छ। ३० वर्षपछि महाशिवरात्रिको अवसरमा शनि आफ्नो मूल त्रिकोण राशिमा रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित