महाशिवरात्रिमा नभुली शिवलिंगमा चढाउनुहोस् यस्ता चिज, भोलेनाथको कृपाले हुनेछ मनोकामना पुरा !

महाशिवरात्रिलाई हिन्दूहरूको महान् पर्व मानिन्छ। यस दिन शिव भक्तहरूले भगवान शिवलाई प्रसन्न पार्न विशेष पूजा गर्छन्। जसले सबै नियम पालन गरेर पूजा गर्छ, उनीहरूलाई भोलेनाथको आशीर्वाद प्राप्त हुने मान्यता रहेको छ। महाशिवरात्रिको दिन भगवान शिवको विवाह माता पार्वतीसँग भएको जनविश्वास छ।

महाशिवरात्रिको दिन भगवान शिवको पूजा गर्नाले दाम्पत्य जीवनमा समृद्धि आउनुका साथै दाम्पत्य जीवनका सबै प्रकारका समस्याबाट मुक्ति मिल्छ। यस पटक महाशिवरात्रि फागुन ६ गते शनिबार मनाइनेछ। जानौँ शिवरात्रिको दिन शिवलिंगमा कुन–कुन वस्तु चढाउनुपर्छ?

दूध- महाशिवरात्रिमा भोले नाथलाई गाईको दूधले अभिषेक गर्नु निकै शुभ मानिन्छ। यस दिन भगवान शिवको रुद्राभिषेकको विशेष महत्त्व छ। शिवलिंगको रुद्राभिषेक दूधले गर्दा सबै मनोकामना पूरा हुन्छन्। यसका साथै यस दिन दूध दान गर्नु पनि धेरै शुभ मानिन्छ।

जल- ॐ नमः शिवाय जप गर्दै शिवलिंगमा जल चढाउँदा मन शान्त रहन्छ। पौराणिक कथा अनुसार, देवताहरूले विषको प्रभावलाई समाप्त गर्न शिव माथि पानी खन्याएका थिए। त्यस बेला देखि उनी नीलकण्ठको नामले चिनिन्छन्।

बेलपत्र- बेलपत्र भगवानका तीन आँखाको प्रतीक हो। त्यसैले तीन पातको बेलपत्र भगवान शंकरलाई अति प्रिय छ। आशुतोषको पूजामा अभिषेक र बेलपत्रको पहिलो स्थान छ।

चन्दन- शिवलिंगमा चन्दन लगाउनाले माङ्गलिक दोष हट्छ। महाशिवरात्रिको दिन आफ्नो व्यापार खातामा चन्दन लगाउनाले सबै समस्या हट्छ र व्यापार कहिल्यै सुस्त हुँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित