गण्डकी सरकारले हनिमुन पर्यटन प्रवर्द्धन गर्ने

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेश सभामा मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे।

प्रदेश सरकारले हनिमुन टुरिजम प्रवर्द्धन गर्ने कार्यक्रम प्रदेश प्रमुख गुरुङले सुनाए। उनकै भनाइमा त्यसका लागि प्रदेशका केही स्थानलाई आकर्षक हनिमुन गन्तव्य स्थलका रूपमा विकास गरिने छ।

नेपाल सरकारसँगको समन्वयमा रत्नमन्दिर र हिमागृहलाई सर्वसाधारणका लागि समेत खुला गरी आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने गुरुङले बताए। 'गण्डकी प्रदेशमा रहेका तर नामाकरण नभएका हिमशिखरको नामाकरण गर्नका लागि पहल गरिनेछ,' उनले भने, 'प्रदेशका विभिन्न स्थानमा रक क्लाइम्बिङ र प्याराग्लाइडिङको सम्भावना पहिचान गरिनेछ।'

गण्डकी प्रदेशको पर्यटकीय गतिविधिलाई विश्वसामु पुर्‍याउन र पर्यटकले गण्डकीमा उपलब्ध सेवा सुविधा सहजताका साथ लिन सक्ने बनाउन पोखरामा अत्याधुनिक प्रविधिमा आधारित गण्डकी पर्यटन सूचना केन्द्र स्थापना गरिने कार्यक्रम पनि प्रदेश प्रमुख गुरुङले सुनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित