जिल्ला समन्वय समिति धनुषामा कांग्रेसको प्यानलै निर्विरोध

जनकपुरधाम । जिल्ला समन्वय समिति धनुषामा सभापति, उपसभापति सहित सबै सिटमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध भएका छन् ।

बुधबार जिससका सभापति, उपसभापति सहित सातजना सदस्यको मनोनयन दर्ताको समय रहेको थियो । तर नेपाली कांग्रेसबाट मात्र उम्मेदवारी परेकाले सबै पदमा निर्विरोध भएको बताइएको छ ।

मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार सभापतिमा राजनन्द मण्डल राज र उपसभापतिमा संगीतादेवी ठाकुर निर्विरोध भएकी छन् ।

यस्तै सदस्यहरूमा ईश्वरीप्रसाद शर्मा, डम्बरबहादुर थापा मगर र फगु यादव तथा महिला सदस्यहरूमा गीतादेवी यादव, विकादेवी मिजार र सोनितादेवी सदा निर्विरोध भएकी छन् । दलित वा अल्पसंख्यक सदस्यमा महेन्द्र महतो निर्विरोध भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित