विमला वलीलाई बुटवल पठाउन मुख्यमन्त्रीको दबाब, एसपी काफ्लेद्वारा अस्वीकार

दाङ । स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्रीलाई प्रहरी नियन्त्रणबाट मुक्त गर्न मुख्यमन्त्री कुलबहादुर केसीले दबाब दिएका छन् ।

मुख्यमन्त्री केसीले प्रजिअ हिरालाल रेग्मी र एसपी सुरेश काफ्लेलाई फोन गरेर दबाब दिएका हुन् ।

राज्यमन्त्री वलीलाई बुटवल पठाउन मुख्यमन्त्रीले दबाब दिइरहेको प्रहरी स्रोतले जानकारी दियो । तर, एसपी काफ्लेले मुख्यमन्त्रीको दबाब अस्वीकार गरेका छन् ।

भिआइपी आरोपितलाई प्रहरी निगरानीमा राख्नुपर्ने भन्दै उनले मुख्यमन्त्रीको दबाब अस्वीकार गरेका हुन् । विमलालाई अहिले सुरक्षाको कारण देखाउँदै जिप्रका मै राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित