लुम्बिनीकी राज्यमन्त्री विमला ओली अस्पताल भर्ना

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ। दाङको तुल्सीपुरमा स्थानीय एकराज बस्नेतको घरमा पुगेपछि विवादमा तानिएकी मन्त्री खत्रीलाई बुटवल ल्याएर लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिवालयका अनुसार मानसिक तनावका कारण बेहोस भएकी मन्त्री खत्रीलाई सोमबार राति १२ बजे अस्पताल भर्ना गरिएको हो।

सचिवालयका अनुसार मन्त्री खत्री बस्नेतको घरमा आर्थिक लेनदेन मिलान गर्नका लागि पुगेकी थिइन् । ‘बस्नेतले लगेको पैसा फिर्ताका लागि धेरै पटक हिसाव मिलाउनको लागि आग्रह गरियो, कुनै सुनुवाइ भएन, सम्पर्क विहीन भएपछि गएर भेटेर नै मिलाउनको लागि गएको हुँ, त्यतिबेला नै योजनाबद्ध तरिकाले नै मलाई फसाउने काम गरियो । मैले मेरो सुरक्षा, स्वकीयसहितको टिम लगेर गएको थिएँ । हामीलाई च्यानल गेट बन्द गरियो’, उनको भनाइ उद्धृत गर्दै मुख्यमन्त्री कार्यालयको सचिवालयले जनाएको छ ।

उनले आफूले सामान्य रुपमा हिसाब किताब मिलाउनको लागि गरिएको आग्रहमा पनि आफ्नो राजनीतिक र सामाजिक जीवन समाप्त पार्न षड्यन्त्र गरेको बताइन् ।

उनले भनिन्- ‘पहिलेको पैसा नै नदिई, झन मेरो कारोवार बिग्रिएको छ, मेरो घरलाई बैँकमा राखेर ऋण निकाल्न खोजका थिए, मैले दिइन त्यसपछि उनले मलाई थप पीडा दिँदै तपाईँलाई मन्त्री बनाएँ, मैले के पाएँ ? भनेर बारम्बार पीडा दिइरहेका थिए ।’

मन्त्री खत्रीसँगै रहेकी प्रदेश सभा सदस्य दामा शर्माले विभिन्न तनावका कारण बेहोस भएपछि उपचारका लागि भर्ना गरिएको बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित